Pushpa Kamal Dahal 'Prachanda'

मातेको कमिला

मातेको कमिला

Pushpa Kamal Dahal 'Prachanda'

UCPN (Maoist) Chairman Pushpa Kamal Dahal 'Prachanda'

my world, my perspectives

अस्ति चैत २४ गते कमिलाहरू फिट्टु भएर नयाँबजारमा बसेका रहेछन् । त्यही बेला कमरेड प्रचण्ड खुलामंचबाट भाषण ठोकेर घर फर्किँदै रहेछन् ।

प्रचण्डको गाडी देख्नासाथ एउटा दादा कमिलालाई सनक चढेछ । “म त्यो हात्तीजस्तो मान्छेलाई गोदिदिन्छु,” उसले आफ्नो इच्छा सबैलाई सुनाएछ ।

कमिलाको गोलोमा एउटा कमिला बुझ्झकी रहेछ ।  उसले प्रचण्डलाई चिनेको रहेछ । सबैलाई सम्झाउँदै उसले भनेछ, “बाबु हो ,  ती माओवादीका सबभन्दा ठूला नेता हुन् । अहिले एकचोटिलाई छोडिदेऊ । अस्ति गिर्जाबाबुले देशको जिम्मेवारी तिम्रो काँधमा भनेको मान्छे पनि यिनै हुन् । एक चान्स् देऊ ।”

मातेको कमिलाले के मान्थ्यो र ? उसले भनेछ, “को गिर्जाबाबु ? अस्ति मर्दा काठमाडौंका सबै मलामी लैजाने बूढा ?

बुझ्झकी कमिलाले टाउको हल्लाएर हो भन्ने इसारा गरेछ । अनि दादा कमिलाले भनेछ, “ती बूढाले त हात्ती भन्ठान्या रै’छन्  यसलाई । हाम्रो हात्तीसँग पुरानो दुस्मनी छ । छोड्नुहुन्न है केटा हो !”

बूढो कमिलाले खुइय्य सुस्केरा हालेछ र भनेछ , “लौ केटा हो…

View original post 65 more words