कमिलाको प्रचण्डलाई पिट्ने प्लान

अस्ति चैत २४ गते कमिलाहरू फिट्टु भएर नयाँबजारमा बसेका रहेछन् । त्यही बेला कमरेड प्रचण्ड खुलामंचबाट भाषण ठोकेर घर फर्किँदै रहेछन् ।

प्रचण्डको गाडी देख्नासाथ एउटा दादा कमिलालाई सनक चढेछ । “म त्यो हात्तीजस्तो मान्छेलाई गोदिदिन्छु,” उसले आफ्नो इच्छा सबैलाई सुनाएछ ।

मातेको कमिला

मातेको कमिला

कमिलाको गोलोमा एउटा कमिला बुझ्झकी रहेछ ।  उसले प्रचण्डलाई चिनेको रहेछ । सबैलाई सम्झाउँदै उसले भनेछ, “बाबु हो ,  ती माओवादीका सबभन्दा ठूला नेता हुन् । अहिले एकचोटिलाई छोडिदेऊ । अस्ति गिर्जाबाबुले देशको जिम्मेवारी तिम्रो काँधमा भनेको मान्छे पनि यिनै हुन् । एक चान्स् देऊ ।”

मातेको कमिलाले के मान्थ्यो र ? उसले भनेछ, “को गिर्जाबाबु ? अस्ति मर्दा काठमाडौंका सबै मलामी लैजाने बूढा ?

बुझ्झकी कमिलाले टाउको हल्लाएर हो भन्ने इसारा गरेछ । अनि दादा कमिलाले भनेछ, “ती बूढाले त हात्ती भन्ठान्या रै’छन्  यसलाई । हाम्रो हात्तीसँग पुरानो दुस्मनी छ । छोड्नुहुन्न है केटा हो !”

Pushpa Kamal Dahal 'Prachanda'

माओवादी अध्यक्ष प्रचण्ड

बूढो कमिलाले खुइय्य सुस्केरा हालेछ र भनेछ , “लौ केटा हो जे गर्छौ गर । आज कुट्यौ भने वाइसीएलले आएर हामी सबैलाई भकुर्छ   । मिठाइ पसलमा गएर गुलियो चाख्न नसक्ने गरी ….। ”

वाइसीएलको नाम सुन्नासाथ सबैजना तर्सिएछन् । बूढाको कुरा पूरा भएकै थिएन सबैजना भागेछन् ।

यसरी प्रचण्ड जोगिएछन्  र कमिलाहरूलाई विदेशी दलाल र षड्यन्त्रकारीको आरोप लाग्ने परिस्थिति नै सिर्जना भएनछ ।

(नयाँबजारको मिठाइ पसलमा गुलियोमा रमाउँदै कमिलाहरूले गरेको बातचित सुनेको आधारमा लेखिएको । )

Advertisements

33 comments on “कमिलाको प्रचण्डलाई पिट्ने प्लान

    • त्यही त । प्रचण्डलाई छोएको भएमात्रै पनि pesticide को व्यापार ह्वात्तै घट्ने ।

  1. hehehe…!!! ramailo raicha mithai pasal ko suneko kuro….prachande bhanda pani tyasko srijana YCL sanga manche lai daar badi….huda huda kamila lai pani…!!!

  2. Pingback: Tweets that mention https://keshuvko.wordpress.com/2010/04/08/कमिला-र-प्रचण्डको-चुट्कि/ -- Topsy.com

  3. Teel lai pahad banayecha keto le. Khubi chain bha kai ho. Sandarvik cha. Manoranjan kai lagi bhayepani eso lekhdai gara bela bela ma. Astu !

    • कहाँ तिललाई पहाड बनाउनु नि । साँच्चैको कुरा हो । माथि मातेको दादा कमिलाको फोटोपनि छ, देखेनौ ? :)

  4. kamila le khane brand ho Sukute brand…
    yo khayapachhi thula chij sana ra sana chij thula dekhinchha…sathiharule ni sewan po garne ki???
    keshav g lai sewan garaya ni hunchha…..

do you have anything to say?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s