ephemeral, but life moves on, quite quietly



life moves on

i’m a bit of a recluse, and it had been quite a while i stayed off. that is to say remained quite. as usual.

my muse was already dead; i didn’t want to resurrect it from the grave of the past. the graphic devastation that the 2015 earthquakes brought in, however, literally shook my inner self.

i would literally weep at times. for unknown reasons, and involuntarily. tears were not under my control, they never were. but they would trickle without my knowledge. poetic expressions and plots of what i would believe as amazing stories would flit through my mind. i would be flying in the flight of ideas in no time, as if i was a maniac or a substance abuser.

love, affection, fear, greed, ego, and aversion were all but the mundane traits that would couple with cryptic personality quirks, and further make me weaker in one fell swoop. but then would come to my mind how thousands of people and monuments lost their state of being, not just their vainglory of contiguous past, in a blink of an eye.

death is obvious. they say all roads lead to rome. i would take rome for oblivion here. then i would flash back. and realising that how vain i had been, on the other hand, would make me numb and irresolute. i would want to say sorry to some. but i never did. probably because doing so would hurt the intangible and abysmal ego, which probably overwhelmed me without letting know me its being. another layer below it, give it any name, was urging me to say “let bygones be bygones”, and to move on.

well, what i just wrote above is a stark evidence of how verbose, and nonsense for that matter, i could be. duh! i ended up beating around the bush — unintentionally but habitually. old habit die hard?

what brought me back are these tomato berries (seen in the photograph).

they have a story. it touched me when i heard it.

they are wild tomato berries. as big as my thumbnail. fully organic — no pesticide, no man-made genetic modification.

a family from dolakha brought the wild fruits to kathmandu. a member of the family gifted them to my sister. my sister brought them home.

my sister’s friend lost her house and a family member when powerful earthquake struck dolakha on may 12. it was a colossal loss.

time flies.

wild tomato plants grew on the rubble. they fruited also. 

recalling the horror during the mega earthquake days and the family’s tragedy, i tasted the berries. they were tasty.


when i gulped down the raw berries — they are sour and sweet with unique wild aroma — they probably were telling me how resilient life force is.

destruction is an integral part of nature. more often than not life springs back. there’s no other choice.

it’s ephemeral
nevertheless life moves on
quite so quietly


अब रहेन

त्यो प्रहारको प्रहरको रहर बाँकी अब रहेन
त्यो रहरको प्रहरको असर बाँकी अब रहेन
ओसिलो बादलमुनि खडेरीको वज्र खस्दा
एकान्तमा एक्लै बस्ने सहर पनि अब रहेन

By Himanshu Kaishuvam Posted in Poem

सक्कली शिरीषको पत्र

Dear all,
I have seen people mistaking Jacaranda for Shirish.

The plant currently blossoming with “blue” flowers in Kathmandu Valley is not Shirish by any chance. That is Jacaranda. Even the name Blue Mimosa is flawed, botanically.
Replugging last year’s blog:

my world, my perspectives


 काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । इन्टेट्को ठूलो फूल wikimedia बाट  काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । (Inset को तस्बिर Wikimedia बाट)

वासन्ती धर्म हो फुल्नु बीजका निम्ति फक्रँदै

चल्छ प्रकृतिको चक्र सदाकै पथ लम्कँदै ।। 
टेकी वैशाखको टेको वनपाखा रमाइला
चिल्ला प्वाँख फिँजाएर मग्न छन् सुरमा चरा ।।”
पहेँलो काइँयो नीलो ज्याकरन्डा सबै फुले
शिरीष म फुलेँ राम्री रातो र घिउ रंगले ।।

प्यारा पाठक,

म फुलेकी थिएँ ढकमक्क, ऊ पनि रंगिएको थियो उसैगरी। वैशाखको बैसाखी टेकेर बगैँचा र वनपाखा बैँसको उन्मादमा नाच्ने रंगीन मुजुरझैँ देखिने नै भए, बहुरंगी वसन्तको उत्तरार्द्धमा। वाणिबल हामीमा नभए पनि भँवरा, मौरी र चराका संगीतमा रम्ने मौका त के छोडिन्थ्यो र? घाम लाग्दा हाँसियो अनि मन्द हावा चल्दा नाचियो पनि। तर कोमलांगी म चर्को घामपछि दर्केको पानीले अहिले घाइते भएकी छु, ऊ पनि केही दिन अलि ओसियो । आकाशमा बादल मडारिँदै गरेको भए पनि घाम फेरि उत्ताउलो हुनलागेको छ। कोइलीले गीत गाउन थालेका छन्, जुरेली नाच्दैछन् । हामीले नफुली हुन्न यो बेला।

के तपाईँ…

View original post 1,960 more words

By Himanshu Kaishuvam Posted in Poem

blood moon

Kathmandu missed out on the Blood Moon today.
But I still remember last year’s spectacular sight and the feelings thereof.
Replugging therefore:

my world, my perspectives

you realised that
it’s you who made me mad

that’s why you felt bad
hid under the murk
and turned red-faced too
thousands of miles away from me Blood MoonPhoto: Associated Press
(NaPoWriMo Post#15)

View original post

By Himanshu Kaishuvam Posted in Poem

vestal shudder and esoteric message

A BlackBerry poem of the yesteryear

my world, my perspectives

the mountains
— black and white, bare and half-clad —
reminded me of you
once again
notwithstanding whether they were virgin or climbed
forced me to cut over
the pseudo-conversations
in which
you had been cutting in
(or, say, I was used to
all the time
for an age


the strong wind
bore the “fiery” breath of snow
imparted a shudder on my heart
a vestal and virtuous feeling —
pain coupled with joy
vestiges of odium, if any, translated into love
frigidity nonexistent
affection multiplied
a strong intuition that
my days are numbered
overwhelmed me
on the other hand


then and there
at the end of the universe
with no delay
i left a message for you
in a language
that you don’t understand
(regardless of the possibility
you could remain ignorant about it


i won’t be here

View original post 141 more words

By Himanshu Kaishuvam Posted in Poem

sky and peach blossoms

sky too rejoices 
as peach tree blossoms all-rose
luring waxing moonmagh-peach-chabahil-flower

—————————- Continue reading

कविको शक्ति

रवि र शशि दुबै छन् मेघले छेकिएका
कति कति दिन ढल्के शीतले ओसिएका
कविवर जब तिम्रो लेखनी तात्न थाल्छ
रनवन, पवनैमा काव्यको ताल फुट्छ।।

By Himanshu Kaishuvam Posted in Poem

यो रात

चन्द्रको चालमा हिँड्ने रातको गर्नु के कुरा?
ताराको कनिके ज्योति शीतमा धसियो उता।।
जाडो भो अति नै हेर! पौषको मध्यरातमा
सुत्नु पो पर्छ, लौ जान्छु निद्रादेवी समीपमा।।


You believe in fate?
In Astrology, Vedic Astrology to be particular, by any chance?

There is a school of thought –which in fact is the base of eastern philosophy–portraying FATE as the carried over KARMA (deeds) of the PAST LIFE.

According to this belief, human animals witness their fate through “stars” as per their karma. Interesting, uhh!

Here you go:
पूर्वजन्मकृतं कर्म तद्दैवमिति कथ्यते
स एव ग्रहरूपेण फलं प्राप्नोति मानवः।

[पूर्वजन्मकृतं कर्म तत् दैवम् इति कथ्यते। मानव: स एव ग्रहरूपेण फलं प्राप्नोति।]

भाग्य त पूर्वजन्मैको कर्म हो बुझियोस् यहाँ
ग्रहका रूपमा फल्छ मान्छेको यही जन्ममा ।

[पूर्वजन्ममा गरिएको कर्मलाई दैव (भाग्य) हो भनेर भनिन्छ। त्यसको फल मान्छेले ग्रहका रूपमा (ग्रहका माध्यमबाट) पाउँछ (यो जन्ममा)। ]

“the deeds (karma) of the past life is known as daiva (fate)
that is borne as fruit in the form of planets (stars) by human (individual)”
Means what you do or what you don’t, what happens to you or what doesn’t– all — is because of the karma-guided influence of Grahas. 

Sounds too fatalistic?

Well, it’s up to you to believe or not, but fatalism is not always fat-all fatal. Don’t ask me what this means; I may not want to elaborate further. Just feel the fate even if you are a non-believer or a uber rationalist.

[Vedic Astrology considers Sun, Moon, Jupiter, Mercury, Venus, Mars, Saturn, Rahu and Ketu as Grahas.
It considers Sun, a star; Moon, planet Earth’s natural satellite; and Rahu and Ketu, mathematical points–node and antinode of Moon– too as Grahas.
The word Graha, though roughly synonymous to Planet in modern astronomy, should not be mistaken here for the modern planets.
It’s but worthless to argue that Sun is not a planet. Because it is not. Pluto is no more considered a planet now; definitions and Science keep on evolving.
But, yes, Sun and Moon, and Rahu and Ketu are Grahas. Peace!

ॐ द्यौ: शान्तिरन्तरिक्ष^ शान्ति:
पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:
सर्व^ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्ति:॥


शीत झार्दै भएपनि
बादलको दोलाईँ ओढेर
एक्लो आकाश
मलाई निम्तो दिन्छ
ताराहरूसँग लुकामारी खेल्न
यो नीरव रातमा

मन महात्म्य


धन होला बडो, साथी! मन चाहिन्छ सर्वदा
धन ता आउँदै गर्छ मनै छैन भने कता? 
मनको धन जस्को छ त्यो हो है असली धनी
दरिद्रता मनैभित्र भए वानर जंगली । 

कथामण्डप: वाग्मती मनोलग्

ऊ टक्क अडियो।

“उता माथि नजाऔँ!” साधिकार उसले भन्यो।

“बास बस्न बाँदरको लर्को होला। छाउराले च्याँक्क गरे भने माउ टोक्न आउँछन्।” उसको तर्क थियो।

मोबाइल्‌को मधुरो उज्यालोले भुइँ नियाल्दै ऊ बस्यो। कोक् र स्न्याक्स् बोकेको थैलो पनि दूबोमा बिसायो।

ऊ मेरो बाल्यकालको साथी। एउटै टोलमा बस्छौँ तर नभेटेको दुईतीन वर्ष भैसकेको थियो। बाटोमा जम्काभेट भएपछि हामी सँगै टहलिन हिँडेका थियौँ।

झपक्क साँझ पर्दासम्म जेठको उखुमले तातेको सतह सेलाइसकेको रहेनछ। हिँड्दा कानमा शीतल हावाले चुमेजस्तो भएपनि बस्दा दूबोमुनि बाट आएको तातोपन फिलाले महसुस गरे। बरु कमिला पनि तर्न सक्लान्‌झैँ देखिने नदीबाट एक हरक दुर्गन्ध नाकमै ठोसिन आइपुग्यो, बल्लबल्ल चलेको हावाको निस्तेज वेगसँगै।

पिच्च थुक्दै ऊ रन्कियो, “स्साला… यस्तो हालत छ वाग्मतीको!”
दुर्गन्धले घ्राण्रेन्द्रिय उत्तेजित पार्नासाथ मेरो भूतपूर्व वैज्ञानिक मस्तिष्क सूक्ष्मजैविक क्रिया र रासायनिक प्रतिक्रिया सम्झिन संघर्ष गर्न थाल्यो ।

“अस्ति भर्खर् ‘हाम् गरम्’ महाराजले मुख धोएको भन्या हैन? बोतल्‌बाट मिनेरल् वाटर् खन्याको होला!” व्यंग्यमिश्रित विष्मयभावमा ऊ फत्फतायो।

दिनभरि गर्मीले तातेको मथिँगललाई मैले थप बिथोल्न चाहिनँ। भनिदिएँ, “यतैकतै हो त्यो सब नाटक भएको।”
“लाइटर् त बोक्या’छौ नि?” उसले विषयान्तर गर्‌‍यो।

खल्तीबाट चुरोट र सलाईका बट्टा निकालेर बीचमा राखिदिएँ। पारिबाट मोटरसाइकल्‌को उज्यालोले राता अक्षर देखिने गरी सुनौलो बट्टा टल्कियो। विक्षत फोक्सोको त्रासद तस्बिरसँगै साँघी लागेर बसेको थियो तारोमा तीर झोसिएको बट्टा।

“कोर्‍यो  कि बल्यो,” मैले एकालाप गरेँ, “क्या गज्जब लाइन् छ!” एकै चोटमा नबलेर के भो र!

“साँच्ची, मेरो फोक्सो त्यो तस्बिरमा जस्तो कहिले बन्ला बरु?” फतौरो मनले अवाञ्छित जिज्ञासा तेर्स्यायो।

थप सोच्न नपाउँदै पछाडि मूल बाटोबाट बासुरीको मिठो धुन आयो। एक हुल तन्नेरीहरू रहेछन्। उता आश्रमबाट शास्त्रीय संगीत सिकेर फर्केका हुनुपर्छ।
शास्त्रीय संगीत सिक्ने मेरो पनि रहर थियो। चञ्चल मन २० वर्ष अघिको फ्ल्यास्‌ब्याक् गर्न थाल्यो।

प्रत्येक पूर्णिमाको साँझ म आश्रम जान्थेँ। प्राय: एक्लै।

अतुल हावामा घुम्रे केश हल्लाउँदै तबलाका टाउकामा औंला नचाउँथे। सरिता पनि हुन्थिन् उसै गर्दै। मनोज बासुरीका प्वाल छोप्दै त्यसको मुखमा मुख फुक्थे। उनीहरू बेलाबेला टाउको हल्लाउँदै, आँखा नचाउँदै विभिन्न भावभङ्गी बनाउँथे। रागका नाम र भेद नजानेपनि म तिनको मधुरतामा लठ्ठिन्थेँ।

मनमा काउकुती लाग्थ्यो, जीउमा तरंग उठ्थ्यो। भावविभोर हुन्थेँ। आँखा रसाउँथे, कहिलेकाहीँ आँसुको धारा नै बग्थ्यो। र, कल्पनामा म पनि उनीहरूसँगै सारेगम अलाप्थेँ, भायलिन् रेट्दै।

अहिले विस्मृति र विभ्रमले नित्य सताउँदा र असाध्य रोगको भूतले यदाकदा तर्साउँदा केही न केही सिक्नु पर्छ भन्ने लागेको छ। हेरौँ…!
“म्याचिस्!” मुखले टोकेर स्न्याक्स्‌को पोको च्यात्दै उसले तीतो पोख्यो, “पैला माछा टिलिक्क टल्किन्थ्यो, ऐले गूको लिँड्।”

उसका आँखा वाग्मतीमा एकोहोरो गाडिएका थिए।

सानैदेखि ऊ रिस ओकल्नुपर्दा त्यो शब्द भन्छ। त्यसो गर्दा उसका गाला डर लाग्ने गरी राता र आँखा निष्प्राण देखिन्छन्। तर यसपालि मैले उसको आँखा हेर्न भ्याइँन। म पनि उसले हेरेतिरै हेर्दै थिएँ।

सानो छँदा उसले मलाई माछा छोप्न सिकाएको ठाउँबाट हामी धेरै टाढा थिएनौँ।

सम्झनाको बिस्कुन फुक्यो र भूतका धूमिल दृश्य आँखा अगाडि सल्बलाएझैँ गर्न थाले।

बर्खाले वाग्मती धमिलिन थालिसकेको थिएन कि? त्यो दिन उसले मलाई यतै ल्याएको थियो।

“बुझ्यौ, माछा यहाँ लुक्छन्,” ढुङ्गे तटबन्धमुनि पानीमा उभिएर उसले भन्यो। अलिक् कुप्रिएर कुरमा हात छिरायो। एकैछिनमा रन्थनिएर गाला राता पार्दै सोझियो र चिच्यायो।


त्यो शब्दको प्रतिध्वनि नदीको कलकलसित खापिएर अनौठो सुनियो।

जिउँदो माछा राख्न पानी भरेको सिसी बोकेर छेउमै उभिएको म पानीमा कसरी सलाई भेटियो होला भनेर जिल्ल परेँ।

“अब जोरो आउने भो। सिङ्गेमाछाले हान्यो,” उसले अर्थ्यायो।

त्यो दिन मैले नयाँ कुरा जानेको थिएँ। सिङ् भएका माछा सिङ्गेमाछा, माछाले हान्दा ज्वरो आउने कुरो र रिसको औडाहामा भन्ने शब्द।

साँच्चै! आमासरह नदीलाई विकार मात्रै दिएको काठमाडौँलाई जे गाली गरे पनि अश्लील लाग्दैन मलाई हिजोआज!

यसपालि उसको गालीले मेरो मनमा सलाई बालेन। ग्राफिक् रूप पो बनाइदियो बरु!

ताण्डव नाच्दै एउटा भयङ्कर राक्षसाकृति आफ्नो अजङ्गको बाङ्गो लिङ्ग उचाल्दै हाम्रै अगाडि कालो लेदो छुल्छुल् पार्न थाल्यो।

धन्य, मेरो कल्पनाशीतला!

चुरोट मुखमा च्यापेर मैले सलाई कोर्न लाग्दा उसले कोक् खोल्न भ्याइसकेको थियो। स्वाइँक्क… त्यो आवाजसँगै फिँज उसको पाइन्ट्मै पोखियो।

तीनचार घुट्को लाएर बिर्को बन्द गर्यो र बोतल् मतिर सारिदियो। अनि चुरोटको बट्टा तान्यो। सलाई मेरो हातमा थियो, ऊ अडियो।

पहिलो चोटि काँटीको बारुद उछिट्टियो। चुरोट राम्ररी सल्किनुअघि नै दोस्रो काँटी निभ्यो। तेस्रो कोर्न लागेको देखेर ऊ हाँस्यो।

“धत्! तिमीलाई चुरोट सल्काउन पनि आउँदैन।”

“हावा…,” मैले पूरा जवाफ दिन पाइँन। व्यङ्ग्य गर्न भ्याइहाल्यो, “कहिलेदेखि दिन थाल्यौ आफैँलाई दागबत्ती?”

मेरो मस्तिष्कमा तीनहप्ता अघि चिरनिद्रामा सुतेकी आमोईको मुखमा आगो झोसेको दृश्य सल्बलायो।

दागबत्तीले शरीरमा पीडा हुँदोरहेछन क्यार! उनले ऐय्याआत्था केही गरेकी थिइनन्। बरु धूँवा र खरानी बनेर उड्दै मेरो जीउ र टाउकोमा खसेकी थिइन्।

“कान्छाउ, कति बेला फर्क्यौ राति? खायौ कि खाएनौ?” हावा बनेर उनले साउती गरेकी थिइन् कि त?
“भयो दुईचार महिना,” काखमा खसेको खरानी टक्टक्याउँदै मैले भनेँ। दुई कि चार उसले सोधेन।

“अनि यो बुढेसकालमा किन थालेको त?”

“ओखती गर्न।”

मेरो ओठेजवाफ सुनेर एउटा चिकित्सकले थप केरकार गरेन। फिस्स हाँस्यो मात्रै।

अर्को खिल्ली सल्काएँ र लामो सर्को तानेँ। धूँवा सर्क्यो र नाक पोल्यो। खोकीसँगै आँखाका डिल आँसुले भिजेछन्। ऊ जिल्ल पर्दै मलाई हेर्न थाल्यो।

“धत्! तिमीलाई चुरोट तान्न पनि आउँदैन।” यसपालि उसका शब्दमा व्यङ्ग्य थिएन। दयाभावको पट्यारलाग्दो झल्को थियो।

“कहिलेकाहीँ म पनि तान्छु। बियर् तान्दै दुईचार सर्को लाउँदा आनन्द हुन्छ,” उसले भन्यो, “तर चुरोट धेर खानुहुन्न।”

टाउकामाथि मडारिँदै गरेका भुसुनाको गोलोतिर ऊ धूँवा फुक्न थाल्यो।

“टार्, हाइड्रोकार्बन्‌ले क्यान्…,” ऊ जे भन्दैथ्यो त्यो मैले सुन्नै चाहिँन। बरु पर हुइँकिँदै गरेका स्कुटर् र गाडीको आवाजतिर कान ठाडो पारेँ।

ऊ बोल्दै रह्यो। मैले उसको गन्गन् केही बुझिनँ।
बाटोछेउ घाँसमा स्कुटर् पल्टाएर दुइटी केटीले अलि पर काइँयोको रूखमुनि आसन जमाए। उनीहरूको अट्टहासले उसको ध्यान खिचेछ। पुलुक्क उनीहरूतिर हेर्दै मेरो ढाडमा धाप मार्यो।

“गर्ल्फेन्ड् बनायौ कि छैनौ?” उता इसारा गर्दै उसले सोध्यो।

प्रसंग ३६० डिग्रीमा घुमिसक्दा पनि म बोलिनँ। उसको दाहिने हत्केलाको रापले मेरो काँध जिरिङ्ग भयो। अप्ठेरो मानेँ। बल्ल हटायो।

मेरा आँखा पश्चिम आकाशमा चम्किरहेका क्यास्टर् र पलक्स् अनि तिनका मुनि रहेको बृहस्पतिमा पुगेर अडिए।

“ए, बृहस्पति अझै मिथुनमै रहेछ,” मेरो मुखबाट निस्क्यो।

“तारा गनेर बस्छौ। तर बिजोडा छौ,” उसले नहाँसी भन्यो।

मेरा प्रतिक्रियाविहीन आँखामा के देखेछ कुन्नि! “तिमीलाई लभ् गर्न झन् के आउला र?” उसले थप्यो।
“बुझ्यौ ती मिथुन राशिका टाउका हुन्,” दाहिने हातका चोरीऔँलाले इसारा गर्दै मैले भनेँ।

“मिथुन शब्दले महिला र पुरुषको जोडी जनाउँछ। ती तारामा कुन महिला कुन पुरुष होलान् है!”

“मिथुन भनेको जुम्ल्याहा हो,” ग्रिक् मिथकको सन्दर्भ जोड्दै उसले तर्क गरी। “अश्विनीकुमारहरूको कथा पनि छ यता। बिर्स्यौ?”

“हो, जेमिनीलाई पश्चिमाहरू जुम्ल्याहा मान्छन्। तर मैथुन शब्द नै मिथुनबाट आएको। कसरी जुम्ल्याहा मान्ने, क्याली?” मैले प्रतिप्रश्न गरेँ।

“लेट्स् अग्री टु डिस्अग्री इन् दिस् केस्, सर्ग!”

चरम असहमतिको जनाउ दिँदै उसले थप कुरा गर्न चाहिन। उसको किताबी ज्ञान बृहद् थियो। आफूले जानेको र मानेको कुरामात्र सही मान्ने जिद्दी स्वभाव पनि।
ऊ कहिल्यै हार्न नमान्ने, म त्यत्तिकै हार्न नजान्ने। त्यस्तो अवस्थामा उही विषयमा थप कुरा गर्नु भनेको उसलाई चिढ्याउनु हुन्थ्यो।

म चुप लागिदिएँ। सायद उसले त्यसैलाई जीत ठानी।

म झल्याँस्य भएँ। चुरोटको फिल्टर् सल्किन थालिसकेको रहेछ, औँला पोल्नेगरी।

त्यहाँ सर्वथा थिइन। परिवेश थियो।

म त्यो दुर्ज्ञेय केटीसँग संवाद गर्दै थिएँ।


आशक्ति र एकालापको झन् डरलाग्दो रूप। र, त्यो मेरो नित्यकर्म बनेको थियो।

चिनाजानी उत्ति पुरानो हैन। तर उसका र मेरा रुचि प्राय: मिल्थे।

मैत्रेयी पनि त्यसै भन्थी। उसैले हो मलाई सर्वथासँग चिनाइदिएकी।
स्प्रिङ्फिल्ड्को एउटा रेस्टुरन्ट्मा सर्वथासँग मेरो पहिलो भेट भएको हो।

एउटा कार्यपत्र प्रस्तुत गर्न भर्जिनिया जाँदा पुराना साथीभाइले रात्रिभोजका लागि निम्त्याएका थिए। फर्किने अघिल्लो साँझ पोकोपन्तरो बाँध्ने चटारो भएपनि नाइँ नभनी म गएको थिएँ। निम्तो मान्न अनि मैत्रेयीका लागि सर्वथालाई भेट्न। केही महत्वपूर्ण कागजपत्र र कोसेली ल्याइदिनु पर्ने रहेछ।

भिसा नपाएकाले मैत्रेयी जान पाएकी थिइन। तर सर्वथा पुरानो योजनाअनुसार नै कन्टकीबाट वासिङ्टन् घुम्न आएकी थिई।

“गिद्धे देश!” इमेल् र च्याट्मा बारम्बार मैत्रेयी रिस पोखिरहन्थी। “अब कहिल्यै जान्न त्यो अभिशप्त देशमा!”

त्यो रिस अस्वाभाविक थिएन।

भिसाका कारण एउटी प्रतिभाशाली अनुसन्धानकर्ता आफ्नो काम अन्तर्राष्ट्रिय सम्मेलनमा चिनाउने अवसरबाट वञ्चित भएकी थिई। आफ्नी मिल्ने साथीसित वर्षौँपछि भेट्ने र सँगै अमेरिका घुम्ने धोको पूरा नभएको पीडा त छँदै थियो।

खानपिन सकेर कफी पिउँदै म कुनामा बसेको थिएँ। एउटी चिम्सी र अर्की काली केटी नजिकै आए। दुवै होचा।

कालीले हात हल्लाउँदै मसिनो स्वरमा भनी, “हेलो, सर्ग!”

म अकमक्क परेँ।

“म सर्वथा। चिनेनौ?” आफैँले परिचय दिई।

हुन त त्यही बिहान मैत्रेयीले ग्रुप्-च्याट्मा हाम्रो चिनापर्ची गराएकी थिई। तर अगाडि पर्दा मैले उसलाई ठम्याउन सकिनँ। सर्वथा तस्बिरमा भन्दा धेरै फरक रहिछ।

“नमस्ते,” मैले दुई हात जोडेँ। “सरी। अमेरिकन् काली भन्ठानेको त तपाईँ हुनुहुँदो रहेछ।”

हाँसेजस्तो गर्दै ऊ अगाडिको कुर्सी तानेर बसी। अर्की केटी फोन् खेलाउँदै पल्लो टेबल्‌तिर लागी।

“सपिङ् गरिसक्यौ त?”

म जिल्ल परेँ। विश्वविद्यालयको पढाइ भर्खर सकेकी एउटी पट्ठी नामबाहेक केही थाहा नभएको, उमेरमा जेठो, परपुरुषलाई पहिलो भेटमै निसंकोच तिमी भन्दै थिई!

“भोलि दिउँसोको फ्लाइट् होला तिम्रो। लगेज् बनाइसक्यौ?”

मैले उत्तर दिन नपाई उसले एउटा पोको अगाडि सारी। “यो मैत्रेयीलाई दिनू। खाममा डकुमेन्ट् छन् र यसमा केही गिफ्ट्।”

“ऊ मेरी साथी हो। हामी सँगै काम गर्छौँ,” अर्कीतिर इसारा गर्दै उसले भनी। “डीसी घुम्न आएका। मैत्रेयी पनि आउन पाएकी भए क्या रमाइलो हुन्थ्यो। संयोग पनि जुरेको थियो। अर्को हप्ता मेरो ग्र्याजुएसन् …!”

मैले उसको अनुहारमा असन्तुष्टि छरपस्ट देखेँ।

शब्दमा सहानुभूति दिन मैले कहिल्यै जानिनँ। उसको असन्तुष्टि देखेर मलाई पनि महाराजगन्जका बहिदारहरूसँग रिस उठ्यो। तर केही भनिनँ।
“फर्किनु त हुन्छ नि?” भिसा अन्तर्वार्तामा मलाई सोधिएको थियो।

“छ फिटे ज्यान तिम्रो देशमा अटाउँछ र सधैँ?” होच्याएको बुझेर मैले ओठेजवाफ लाएँ।

उसले कागजपत्र सबै पल्टायो र भन्यो, “जस्ट् किडिङ्।”

“तपाईँजस्ता मान्छेलाई सधैँ स्वागत छ।” यसो भन्दै ङिच्च हाँस्दा त्यो कालो केश र कैलो दाह्री पालेको बहिदारका सेता दाँत देखिए।

लगत्तै उसैको केरकार खेपेर बाहिर आएकी मैत्रेयीको अनुहार निन्याउरो थियो।

ऊ अभिनय गर्न सिपालु थिई त्यसैले मैले निष्कर्ष निकालिहालिनँ।

“फर्किन्न रे! लुकेर बस्छु रे! फकिङ् रिटार्ड्!” उसले आगो ओकली।

“सर्वथाको ग्र्याजुएसन् पनि थियो। पापीहरू.,,!”


सर्वथाले मेरो अनुहार अगाडि हात हल्लाई। म झल्याँस्स भएँ। मैत्रेयीलाई सम्झिँदै रहेछु।

“तिमी थाकेजस्तो देखिन्छौ,” उसले भनी, “होटल् फर्किने बेला भएन?”

“म साथीको घरमा बसेको छु.,” मैले भनेँ, “ऊ लिन आउँदै होली।”

“हामी पनि भोलि बिहानै फर्किन लागेका। अर्को वर्ष काठमाडौँमा भेटौँला। बोन् भएज्।”

म पनि सँगै बाहिर निस्केँ। ऊ गाडीमा बसेपछि मैले हात हल्लाएँ। उसले देखिनछ कि? कुनै प्रतिक्रिया जनाइन।

“एकोहोरी। अचम्मकी केटी! एकदम फरक।”

म उसलाई मैत्रेयीसँग दाँज्दै रहेछु।
मैत्रेयीसँग मेरो भेट विश्वविद्यालयको लाइब्रेरीमा भएको थियो।

टन्नै पुस्तकहरू भेला पारेर म रेफरन्स् फाँटअगाडि बसेको थिएँ। मलाई लाइब्रेरियन् भन्ठानिछ। केही दुर्लभ पुस्तकका लागि विशेष अनुरोध गर्न आइपुगी। एउटा चिठी बोकेर।

मेरै प्रोफेसर्‌को हस्ताक्षर भएको चिठी थियो त्यो। अर्थात् ऊ मेरै विभागमा काम गर्न आएकी रहिछ, नयाँ अनुसन्धानका लागि।

पुलुक्क उसको अनुहार हेरेँ। पहिला कहिल्यै देखेको थिइनँ। उसका याचनापूर्ण आँखा टल्किए।

“तपाईँ झुक्किनु भयो। म यहाँको कर्मचारी है।” मैले यथार्थ भनेँ ।
ऊ लाजले पानीपानी भई।
मैले नै लाइब्रेरियन् बोलाइदिएँ। उसको काम बन्यो।
अर्को हप्तादेखि म विभागमा दैनिक जान थालेँ। ऊसँग फेरि भेट भयो।

“सरी फर् दि इन्सिडेन्ट् दि अदर् डे,” औपचारिक परिचयपछि लजाउँदै उसले भनी।

“हजुरले चहानुभएको भए अल्मल्याइदिन सक्नुहुन्थ्यो। सबै काम बिग्रिनेगरी!”

उसले गुन पो मानेकी रहिछ।

पछि सँगै काम गर्दागर्दै ऊ मिल्ने साथी बनिसकेकी थिई। मलाई मनपर्ने थाहा पाएर होला तितौरा पनि ल्याइदिन्थी।

“हजुरको परिवार बौद्ध हो?” एक दिन मैले सोधेँ।

“हैन? किन सोध्नु भो?”

“हजुरको नाम…।”

“यो त हजुरबाले राख्दिनु भएको। उहाँ पण्डित। मैत्रेयी वैदिक कालकी लेडी ऋषि रे,” उसले अर्थ्याई। “उनले लेखेका मन्त्र ऋग्वेदमा छन् रे।”

“पण्डितकी नातिनी पण्डित्नी! त्यसैले पो अरूको न्वारन गर्नुहुँदो रहेछ।” पाएका बेला मैले भन्न छोडिनँ।

उसले धेरैका उपनाम राखेको मलाई थाहा थियो। जिजस्, हाहाश्री, इन्साइक्लो। यी मेरा नयाँ उपनाम थिए।

“पण्डित्नी त खै?” ऊ हाँसी मात्र।

ऊ मिठो बोल्थी तर उमेरभन्दा बढी नै चञ्चल थिई।

एकदिन म प्रोफेसर्‌सँग छलफल गर्दै थिएँ। ढोकापट्टि फर्केर बसेको थिएँ। सामुन्नेको कोठामा मैत्रेयी देखापरी र मुख बङ्ग्याउँदै, नाच्दै जिस्क्याउन थाली। मेरो ध्यान भंग भैसकेको थियो। बल्लतल्ल हाँसो भने थामेको थिएँ। त्यो श्वेतभैरवी भने नाच्न छाड्ने हैन। म कुर्सीबाट उठेर भित्तातिर फर्किदिएँ।

पछि त्यो सम्झाउँदै ऊ मलाई उल्याउँथी।

“लाइब्रेरीमै तह लाउनुपर्ने रहेछ। मबाट ठूलो गल्ती भयो,” म भनिदिन्थेँ।

मैले उसलाई मनपराउन थालेको कुरो मैत्रेयीलाई थाहा थियो। एकदुई चोटि आँखा झिम्क्याइदिएको थिएँ। त्यसो गर्दा ऊ आँखा तरेझैँ गरेर हाँसिदिन्थी।

तर मैले कहिल्यै त्योभन्दा बढी केही गरिनँ। सहकर्मीसँग को सम्बन्धको सीमा मलाई राम्ररी थाहा थियो। विश्वविद्यालयबाहिर कहिल्यै भेटिनँ पनि।

सर्वथाले इमेल् पठाएकी रहिछ।

“त्यो दिन म एकदम हतारमा थिएँ। तिमीसँग धेरै कुरा गर्न पाइँन। तिम्रो कामबारे मैत्रेयी कुरा गरिरहन्छे। थप जान्न मन छ। च्याट्मा कुरा गरौँला।” सारांश यही थियो।
बिस्तारै स्काइप् र जिमेल् च्याट्मा कुरा हुन थाल्यो। दिनदिनैजसो।

अनेक विषयमा कुरा हुन्थ्यो। दर्शनदेखि देशको राजनीतिसम्म र बायोलजीदेखि अध्यात्मसम्म।

उता छँदा काठमाडौँ फर्केपछि प्रत्येक हप्ता भेट्नुपर्छ है भनेर आत्मीयता देखाउँथी।
एक दिन खोइ के प्रसंगमा हो उसले स्काइप् मा जीब्रो देखाएर मलाई जिस्क्याई। त्यो दिन मैले उसको उपनाम राखिदिएँ। काली।

हाँस्दै उसले महादेवको छातीमाथि उभिएकी कालीले जीब्रो किन निकालेको भन्ने रसिलो चुट्किला सुनाई।

त्यही उपनाम पछि क्याली बन्यो।
“तिमी मैत्रेयीलाई नजिस्क्याऊ त!” च्याट्मा उसले एक दिन आदेशात्मक भाषा लेखी।

दुईजनाको नितान्त निजी कुरामा बोल्ने उसको के अधिकार? तर केही भनिनँ।

“तिमीलाई जिस्क्याऊँ त?” म पनि के कम?

“उसको ब्याइफ्रेन्ड् छ। अलि कम्प्लिकेसन् छ क्या!” उसले थपी।

“तर मलाई किन भन्दैछ्यौ यो कुरा?”

“तिमीलाई थाहा छ म किन भन्दैछु। उसलाई जिस्क्याएर धेरै डिस्टर्ब् नगर है!”

केही हप्ताअगाडि जिस्कीजिस्की मैले मैत्रेयीलाई “हजुरजस्ती राम्री केटीलाई प्रपोज् गर्नुपर्छ कि क्या हो!” भनेको थिएँ। सर्वथाले थाहा पाइछे।

मैत्रेयीको प्रेमी नेवार रहेछ। युरोपतिर अर्थशास्त्रमा पिएच्डी गर्दै गरेको।

बुवा कूटनैतिक सेवामा रहेर विदेश चहारेका भएपनि अन्तर्जातीय सम्बन्ध स्वीकार्न नमान्ने संकीर्ण बाहुन।

त्यो थाहा पाएपछि मैले मैत्रेयीलाई भनेँ, “हजुरले आँट गर्नुपर्छ।”

“खोइ! बुवा सानीमा सानोबुवासँग अझै बोल्नुहुन्न,” उसले परिवारभित्र को पुरानो कथा सुनाई। “फेरि म एक्ली छोरी।”

ऊ दोधारमै रहिछ।

सर्वथा फर्की।

कोसेली लिएर भेट्न आई। नीलो रंगको कमिज रहेछ। कसरी थाहा पाई उसले मलाई मनपर्ने रंग?

ऊ कामको खोजीमा थिई। चिनजानका साथीभाइसँग म पनि सोधखोज गरिदिँदै थिएँ।

निजी कामले तीन हप्ता काठमाडौंबाहिर जानुपर्यो। फर्केर आउँदा ऊ काम गर्न थालिसकेकी रहिछ।

“आई मिस्ड् यु अ लट्,” उसले फोनमा भनी।

म पनि काममा व्यस्त भएँ। कसैसँग भेटघाट गर्ने फुर्सद पनि भएन।

उसैले च्याट्मा मैत्रेयीले नयाँ जागिर थालेको बताई। एक महिनाभन्दा बढी भइसकेको रहेछ।

एउटै ठाउँमा काम गर्ने भएपनि मलाई मैत्रेयीबारे थाहा थिएन। अचम्म लाग्यो।

ऊ मलाई साथी मान्दिरहिनछ उसोभए! कारण थिए होलान् छोड्नुमा र नभन्नुमा। तर यो प्रसंगले मलाई सहकर्मी र साथीको भेद बुझाइदिएको थियो।

अस्वाभाविक आत्मीयता देखाउँदै छोटो समयमै साथी बनेकी सर्वथा पनि हराई। वर्षौँपछि घर फर्केकी हुनाले पारिवारिक भेटघाट र नयाँ कामले गर्दा होला भन्ठानेँ।

एक साँझ अचानक मैत्रेयीसँग नयाँसडकमा भेट भयो। घर फर्किँदै रहिछ।

“हजुरले के जादु गर्दिनुभो? सर्वथा सधैँ हजुरको कुरा मात्रै गर्छे,” उसले भनी।

कुरा बनाउन ऊ सिपालु थिई। फेरि यस्ता कुराको कसरी जवाफ दिनू? मैले कुनै प्रतिक्रिया दिइँन।

एकैछिनमा योजना बन्यो सर्वथालाई पनि भेट्ने। मैत्रेयीको फोनबाट म बोलेँ।

मेरो आवाज सुनेर ऊ झर्किई। भेट त भयो तर उसले खासै वास्ता गरिन।

मेरो मनमा चिसो पस्यो।
सर्वथा मसँग रिसाउने झर्किने गरिरहन्थी। म उडाएर टारिदिन्थेँ।

तर यसपल्ट मेरो चित्त धेरै दुखेछ। म लामै समय मौन बसेँ।

भेटघाट त परै जाओस् ऊसँग कुराकानी नभएको पनि धेरै भइसकेको थियो। काम नपरी ऊ फोन् गर्दिनथी। गर्दा हतपत उठाउने पनि हैन।

“के छ, बेपत्ता कुमारीज्यू?” जिमेल् च्याट्मा उसको नामअगाडि हरियो बत्ती बलेको देखेर लेखेँ।

“हँ? व्हाट् डज् द्याट् मिन्?” (What does that mean?)

“नेपाली बुझ्दिनौ र? ;-)”

“के भनेको बुझिनँ…।”

“हाउ आर् यु मिस् मिसिङ् भर्जिन्? (How are you Missing Virgin?) भनेको!!! अब त बुझ्यौँ नि? :D”

“रिडिकुलस्!” ऊ रिसाई।

देशविदेश घुमेकी त्यो उमेरकी उन्मुक्त केटीले सायद भर्जिन् शब्दमा अनादर देखी। गल्ती मेरै थियो।

“सरी, मैत्रेयी।” मैले फकाउन खोजेँ।

“बाई दि वे, आई एम् सर्वथा!” ठूला अक्षरमा उसले लेखी। “स्टप् योर् नन्सेन्स्।”

मैले अरु कुरा गर्ने आँट गरिनँ।
लगत्तै म बिरामी परेँ। निदान हुन नसकेको रोगले फेरि सतायो।

अनिद्रा, अरुचि र छट्पटी। सपना र बिपना छुट्याउन नसक्ने स्थिति। विस्मृति र विभ्रम। अनि यो शरीर मेरो हैन भन्ने चरम भावना। थपिएको थियो सर्वथासँगको स्युडोसंवाद। कम्पल्सिभ् डिस्अर्डर् बनेर।

चिकित्सकले पहिला पोस्ट् ट्रमाटिक् स्ट्रेस् डिस्अर्डर् भने। विभिन्न परीक्षण पछि दुर्लभ खालको न्युरोडिजेनरेटिभ् रोगको शंका गरे।

“के म पागल हुँदैछु? के उसो भए म सर्वथालाई पनि चिन्दिनँ?” मेरो पहिलो प्रश्न आफैँलाई थियो।

हो, म सर्वथालाई मन पराउँथेँ । यति धेरै कि उसको नाम मेरो पास्‌वर्ड् बनिसकेको थियो।
एक दिन मैले उसलाई मन पराउने कुरा सुनाउँदा ऊ रिसाई।

“यही कुरा तिमी मैत्रेयीलाई पनि भन्थ्यौ। स्टप् दिस् नन्सेन्स्, प्लिज्!”

अनावश्यक आकर्षण र आशक्ति रहेछ कि त भन्ठानेर म चुप लागेँ।

“अझ तिमी बारम्बार गायब भैराख्छौ। बेवास्ता गर्छौ। साथी बन्नुका शर्त पूरा गर्दैनौ।” उसको जवाफ डरलाग्दो थियो।

झन् म उसकी साथीको पूर्वसहकर्मीभन्दा बढी केही नभएको हेक्का दिलाएर उसले मर्ममै हानेकी थिई।

“सेकन्ड् फिडल्!” उसका लागि म फुर्सद कटाउने मान्छेबाहेक अरू केही रहेनछु।

यो निष्कर्षले म बारम्बार छट्पटिन्थेँ।

“बेक्कार भनेछु!” पछुतोको आगोले पोलिरहन्थ्यो।

अकष्मात् मलाई मैत्रेयीसँग रिस उठ्यो।

“मलाई किन चिनाइदियौ तिम्री साथीसित?” एकालापमै भएपनि म उसलाई पहिलो चोटि तिमी भन्दैथिएँ।
सुन्दै खतरनाक लाग्ने मनोरोगको त्रास र सर्वथाप्रति को मनोरागले मलाई भित्रभित्रै खाइसकेको थियो।

एक दिन घर छोडिदिएँ।

राजीनामा थमाउँदा पढ्दै नपढी प्रोफेसर्‌ले  च्यातिदिए।

“जीवनमा सानाठूला अवरोध आइरहन्छन्। तिनलाई पार गरेर अघि बढ्नु पर्छ।” उनको सल्लाह थियो।

“सर्ग, तिम्रो प्युरिटी तिम्रो समस्या हो। धेरै नसोच। जीवनलाई रंगीन बनाउनु पर्छ। स्टार्ट् डेटिङ् चिक्स् एन्ड् ह्याभ् फन्, म्यान्!”

त्यही दिन मैले जीवनमा पहिलो चोटि चुरोट किनेको थिएँ। मनको ओखती गर्न।

“क्याली, कुनै दिन मैले तिमीलाई चिनिनँ भने तिमी कति रिसाउँछ्यौ होला है?” केटौले पारामा चुरोटको धूवाँले हावामा सर्वथा लेख्दै मैले फेरि स्युडोसंवाद गरेको थिएँ।

परबाट अट्टहासको अर्को लहर गुन्जियो। जीउ मर्काउँदै परिवेश उतापट्टि फर्क्यो।

तिनै केटीहरू रहेछन्। पारि बलेको गाडीको हेड्लाइट् उनीहरूमा पर्यो।

एउटीको काखमा अर्की सुतेकी थिई। बसेकी केटी सुतेकीको छाती गिजोल्दै थिई। जीउ सिरिङ्ग भयो।

“नीलहीरा,” परिवेश खित्खितायो, “बिचरा केटाहरू! केटाहरूको हतियारमा खिया लाग्ने भो अब।”

म त्यता नहेर्न कोसिस गर्दै थिएँ। अकष्मात् मेरा आँखा एउटीको अनुहारमा पर्यो।


दोहोर्‍याएर  हेरँ। त्यो भ्रम थिएन।

म खङ्ग्रङ्ग भएँ। फेरि फर्केर अर्की पात्र चिन्ने आँटै आएन।

वाग्मतीबाट दुर्गन्ध आइरहेकै थियो। चुरोटको बट्टा रित्तिसकेछ।

भावशून्य भएर माथि आकाशतिर हेरँ। क्यास्टर् र पलक्स् बादलभित्र हराइसकेका थिए।


no stock for tonight

concealed under circles of smoke
embellished with flying ash
if you see a mossy face
with reddened eyes and glare on glasses
choking at times
but not stopping to light fags after fags
held by slender hands
you may think that he could be a poet
deep in his thought
a philosopher trying to theorise something nonsense
a lovelorn man struggling to cope with his recent tragedies

when i see
eight butts by my side
while trying to locate saturn in the hazy sky for an hour
i laugh at myself

why only mars and spica
jupiter, castor and pollux
are so conspicuous
and other planets are elusive tonight?

i fucqueen have only one cigarette left
all shops are closed by now

¤BlackBerry Poem¤

कविता: आजको वास्तविकता

बु्द्धको नाममा द्वेषको काम भो 
टाउको शासकी क्लेषको ठाउँ भो
बैगुनी नाच्दछन् बुद्धको वक्षमा
ज्ञान ता नाश भो पृष्ठको पक्षमा ।।

लाजको भेषमा नग्नता ओर्लियो
छाल ता छल्कियो मानवी जालको 
भ्रष्टको द्वन्द्वमा देशको काल भो
राज्यको भोगमा चण्डको ताल भो ।।

–हिमांशु केशवम्
(स्रग्विणी छन्द)


सक्कली शिरीषको पत्र


 काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । इन्टेट्को ठूलो फूल wikimedia बाट

काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । (Inset को तस्बिर Wikimedia बाट)

वासन्ती धर्म हो फुल्नु बीजका निम्ति फक्रँदै

चल्छ प्रकृतिको चक्र सदाकै पथ लम्कँदै ।। 
टेकी वैशाखको टेको वनपाखा रमाइला
चिल्ला प्वाँख फिँजाएर मग्न छन् सुरमा चरा ।।”
पहेँलो काइँयो नीलो ज्याकरन्डा सबै फुले
शिरीष म फुलेँ राम्री रातो र घिउ रंगले ।।

प्यारा पाठक,

म फुलेकी थिएँ ढकमक्क, ऊ पनि रंगिएको थियो उसैगरी। वैशाखको बैसाखी टेकेर बगैँचा र वनपाखा बैँसको उन्मादमा नाच्ने रंगीन मुजुरझैँ देखिने नै भए, बहुरंगी वसन्तको उत्तरार्द्धमा। वाणिबल हामीमा नभए पनि भँवरा, मौरी र चराका संगीतमा रम्ने मौका त के छोडिन्थ्यो र? घाम लाग्दा हाँसियो अनि मन्द हावा चल्दा नाचियो पनि। तर कोमलांगी म चर्को घामपछि दर्केको पानीले अहिले घाइते भएकी छु, ऊ पनि केही दिन अलि ओसियो । आकाशमा बादल मडारिँदै गरेको भए पनि घाम फेरि उत्ताउलो हुनलागेको छ। कोइलीले गीत गाउन थालेका छन्, जुरेली नाच्दैछन् । हामीले नफुली हुन्न यो बेला।

के तपाईँ हामीलाई चिन्नुहुन्छ?

मेरो घर हिमालको काखदेखि समुद्रको छेउसम्म फैलिएको छ। मान्छेले कोरेको राजनैतिक सीमारेखामा म के बाँधिन्थेँ र? तर काठमाडौँको प्रसंग जोड्छु। किन भने त्यहाँ मेरो परिचय मिचिएको छ। हजुर, त्यसमा ऊ बलात् जोडिएको छ।

म आफूलाई कसरी चिनाऊँ?

“आइडेन्टिटी थेफ्ट्” भयो भनौँ भने उसले मेरो नाम चोरेको हैन । ऊ पनि निरीह छ । ज्ञानका कुरा गर्ने मान्छेका अल्पज्ञान र लहैलहैमा नराम्ररी चेपिएको छ। अरूको नामले सम्बोधन गरिँदा ऊ के रमाउँदो हो र? “आइडेन्टिटी क्राइसिस्” त उसलाई पनि पक्कै हुँदो हो । कि रामायण, महाभारत, कुमारसम्भवम्‌ आदि संस्कृत वाङ्मयका महान् कृतिमा मेरो उल्लेखले उसलाई लोभ्यायो? महाकवि कालिदासका रूपक र उपमामा रमाएर र चरकसंहितालगायत आयुर्वेदका ग्रन्थले मेरा अनेक अवयवका विभिन्न औषधीय महत्व बताएको थाहा पाएर मेरो नाम हडप्ने विचार पो गर्दैछ कि? पार्वतीको बैंससँग दाँजिएको मेरो कौमार्यले उसलाई रनभुल्ल पारिदिएछ त? कि पारिजातको भुलको गुलियो चाट्दै आफ्नो बैजनी आत्मसम्मान लगभग आधा शताब्दि पुरानो मूतको न्यानोमा सेकाउँदैछ?

सक्ला त ऊ मेरो नामको खोल ओढेर रजाइँ गर्न? अनि के त्यस्तो अन्याय हुन तपाईँ दिनुहोला र? तर म विश्वस्त छु उसलाई मेरो नाम खोस्न आवश्यक छैन। किनभने ऊ आफैँ सुन्दर छ र आफ्नो अस्तित्व जोगाउन र फैलिन सिपालु पनि ।

म युगौँदेखि यही भूखण्ड रंग्याउँदै यहीँ फुल्ने शिरीष हुँ । तपाईँका भाषामा भन्दा म यहीँकी वंशज नागरिक।

ऊ ज्याकरन्डा हो, भारत हुँदै यता भित्रिएको । उसको मूल थातथलोचाहिँ मध्य र दक्षिण अमेरिकातिर रे। ऊ यता अंगीकृत नागरिक बन्न छिरेको १०० वर्ष पनि भएको छैन। भारतमा कतैकतै उसलाई नीलमोहर/नीलमोर पनि भन्छन्। गुलमोहरको जस्तै रूख र नील वर्णको फूल भएर हो या फूल मुजुरजस्तो देखिने भएर हो त्यो त म भन्न सक्दिन। बरु काठमाडौंमा फुल्न थालेपछि भँगेरोजस्तो फूल देखेर नेवारीमा उसको नाम ‘चखुङ्चा स्वाँ’ राखिदिए ।

तर के गर्नू? बौद्धिकहरूको अखडा काठमाडौँले उसलाई म भन्ठानिदियो र मलाई ओझेल पारिदियो । ऊ बैजनी फूल हो । म हल्का रातो अनि पहेँलो रंगमा छुट्टाछुट्ठै फुल्छु। आधुनिक वनस्पति शास्त्रका पण्डितले उसको नाम ज्याकरन्डा मिमोसिफोलिया (Jacaranda mimosifolia) राखिदिए । उसका पात मेरा आफन्तका जस्तै देखिने भएकाले न्वारन गर्दा ‘मिमोसिफोलिया’ जुरेछ । उसको परिवार बिग्नोनिएसी (Bignoniaceae) हो । लेगुमिनेल्स् (Leguminales) वर्गअन्तर्गत मिमोसेसी (Mimosaceae) परिवारकी मेरो अघिल्लो नाम अल्बिजिया (Albizia) हो र अहिलेसम्म १३८ प्रमाणित प्रजाति र धेरै उपजाति छन्। तीमध्ये कम्तीमा ६ प्रजाति नेपालका रैथाने हुन्, नपत्याए देशविदेशमा नाम कमाएका वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई सोधे हुन्छ। लज्जावती (Mimosa pudica) त पक्कै चिन्नुहुन्छ होला। ऊ र म यौटै परिवारका ! दालजातिका सबै वनस्पति मेरा नातेदार।

काठमाडौँले अन्याय गरेपनि बाहिर मेरो रंग र जात छुट्याएर मलाई अनेक नामले पुकार्छन्। रातो शिरीष, सेतो शिरीष, कालो शिरीष, पड्के शिरीष आदि। घाँस, दाउरा, काठ, औषधि धेरै काममा मेरो प्रयोग हुन्छ। अझ इलामका बगानमा त म चियाका बोटलाई छहारी पनि दिन्छु।

कालो भनेपनि म अल्बिजिया लेबेक् (Albizia lebbeck) पहेँलो फुल्छु। तराईदेखि महाभारतको उचाइसम्म बस्छु ।  रातो फुल्ने अल्बिजिया जुलिब्रिसिन् (Albizia julibrissin) चाहिँ पहाडी भागमा रमाउँछु । १००० मिटरभन्दा तलदेखि ३००० मिटरसम्मको उचाइमा । जहाँ बसेपनि, रूखको आकार ठूलोसानो जे भएपनि र फूलको रंग फरक भएपनि फुल्ने तरिका उही हो।

डाँठको टुप्पामा सोलीजस्ता आठ दश ओटा हरिया पुष्पासन हुन्छन्। तिनबाट बाहिर निस्केका रौँजस्ता मसिना र लामा केसरा झुप्पा परेजस्ता देखिन्छन् । तलतल सेतो र माथि घिउ अथवा गुलावी रंगमा । धेरै नरम हुन्छन्। टिप्नासाथ ती ओइलाइहाल्छन्। प्रत्येक केसराका टुप्पामा खैरोखैरो परागकोष पनि हुन्छ । फलचाहिँ पछि कोसा बनेर लाग्छ।

मेरो फूलको कोमलतामा संस्कृतका महाकवि कालिदासले रूपक गरेका छन् । कुमारसम्भवम् महाकाव्यको प्रथम सर्गको ३३औँ श्लोकदेखि ४९औँसम्म पार्वतीको बैंसको क्या सुन्दर वर्णन छ! मलाई पनि विम्ब बनाइदिएका छन्।

अन्योन्यमुत्पीडयदुत्पलाक्ष्याः स्तनद्वयं पाण्डु तथा प्रवृद्धम्
मध्ये यथा श्याममुखस्य तस्य मृणालसूत्रान्तरमप्यलभ्यम्॥ (१.४१)
शिरीषपुष्पाधिकसौकुमार्यौ बाहू तदीयाविति मे वितर्कः
पराजितेनापि कृतौ हरस्य यौ कण्ठपाशौ मकरध्वजेन॥ (१.४२)
-कुमारसम्भवम्, कालिदास

वितर्क गर्दैछु शिरीषभन्दा छन् पाखुरी कोमल खास दोटा
जलाइँदा काम खुलेर फेरि छ कण्ठपाशै बनिँदो कि हेरि ! (१.४२)
(छायानुवाद- वसन्तकुमार शर्म्मा ‘नेपाल’)

कमलजस्ता आँखा भएकी (पार्वती)का काला मुन्टा भएका दुई स्तन एकापसमा रगडिएर यसरी बढेका छन् कि तिनका बीचमा कमलनालको मसिनो त्यान्द्रो पनि अट्दैन।उनका हातपाखुरा शिरीषको फूलभन्दा धेरै कोमल छन् । (शिवसँग) पराजित भएपनि कामदेवले ती पाखुरालाई शिवको घाँटीको पासो (अँगालोहाल्ने) बनाइदिएका हुन् ।

फेरि पाँचौ सर्गमा पार्वती शिवका लागि तपस्या गर्न बस्दाको प्रसंगमा कालिदास लेख्छन्-

निशम्य चैनां तपसे कृतोद्यमां सुतां गिरीशप्रतिसक्तमानसाम्
उवाच मेना परिरभ्य वक्षसा निवारयन्ती महतो मुनिव्रतात् ।। (५
मनीषिता: सन्ति गृहेषु देवातास्तप: क्व वत्से क्वच तावकं वपु:
पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुन: पतत्त्रिण: ।। (५.४)

सुनी उमाको शिवमा प्रगाढता पुगिन् अँगालीकन भन्न मेनका
बिथोल्नलाई महती तपस्या बखान गर्थिन् मनको समस्या ।।
घरैघरैमा सुरविज्ञ छन् यहाँ । कहाँ तपस्या? तन यो कहाँ कहाँ?
रहन्छ भौँरे पद थेग्न सक्षम, शिरीष के सक्छ चरै अडाउन?!
(छायानुवाद- वसन्तकुमार शर्म्मा ‘नेपाल’)

“हाम्रै घरआँगनमा तिम्रा लायक धेरै देवताहरू छन् । ए छोरी, तिम्रो शरीरले यस्तो तपस्या सहँदैन जसरी भवँराको पाइलामात्र सहन सक्ने शिरीषले चरो थेग्न सक्दैन।”

[पद्मपुराणमा व्यासले लेखेको यो श्लोक कालिदासका लागि आधार भएको हुनुपर्छ ।

परुषस्ततपोविशेषस्तव पुनरङ्गं शिरीषसुकुमारम् 

व्यवसितमेतत्कठिनं पार्वति तद् दुष्करमिति प्रतिभाति ।। ]

सक्कली शिरीष

सक्कली शिरीष Photo: Jack Scheper/Floridata.com

अँ! २०२२ सालमा पारिजातको उपन्यास “शिरीषको फूल”को भूमिका लेख्दा शङ्कर लामिछानेले अशुद्धि र गलत अर्थ गरेर भए पनि यो प्रसंग जोडेका छन्‍ । अझ कालिदासको युग १२००-१३०० वर्ष पछाडि तान्दिएरै। आफूलाई ‘शिरीषको फूल नै नचिनेको मान्छे’ भनेर स्विकार्ने उनका आँखामा उपन्यास पढुन्जेल “जराकाण्ड” आएछ । तर उनी लेख्छन् “यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !” उनका कुराले मलाई अझ झुक्याउँदै छ, अनि उपन्यासभित्र को फूलको नामले तपाईँलाई! मेरा फूलले भँवरा मौरीलाई आकर्षित गर्छन्। सतर्क भएर खुट्टाले केसरा विस्तारै सार्दै उनीहरू मेरो रसपान गर्छन्।

काठमाडौँमा जताततै हुने ज्याकरन्डा (Jacaranda mimosifolia)

काठमाडौँमा जताततै हुने ज्याकरन्डा (Jacaranda mimosifolia)

काठमाडौंका रैथाने शङ्करले त्यो नीलो फूलको बोट त्यति बेलासम्म नचिनेको हुनु र बाहिरबाट आएकी पारिजातले उपन्यासमा वर्णन गर्नसक्नु कसरी होला भन्ने तपाईँलाई लाग्दैन ? बुझ्नु भयो हैन त? उपन्यास लेखिँदासम्म काठमाडौंमा ज्याकरन्डा हिजोआजको जस्तो सबैतिर थिएन। फूलका सौखिन केही राणा भाइभारदारका बगैँचामा मात्रै सीमित थियो। जान्नेहरू भन्छन् बेलायतकी महारानी एलिजाबेथ नेपाल आउँदा राजधानीका बाटा राम्रा बनाइएका थिए रे। बाटो किनारमा छिटो बढ्ने नयाँ बोटबिरुवा लगाइएछन् । ज्याकरन्डा पनि छानिएछ । त्यतिबेला लगाएका बोट पछि फुल्नु र फैलिनु स्वाभाविकै हो। मेरा र उसका पात उस्तैउस्तै देखिने हुँदा मान्छेहरू म भनेर झुक्किएका पनि हुनसक्छन् । पछि ‘सुनी जान्ने’हरूले ऊ फुल्न थालेपछि त्यही नाम दोहोर्याउने नै भए । पारिजातले जे लेखिन् त्यो ‘पढी जान्ने’हरूमा गलत ज्ञान फैलिने नै भयो।
ईश्वर बरालले त्यतिबेलै पारिजातको उपन्यासको नाम नमिलेको कुरा उठाएका थिए । आफ्नै सम्पादकत्वमा निस्किने एउटा साहित्यिक पत्रिकामा शीर्षक सार्थक भएन भनेर लेखेका पनि थिए । तर काठमाडौंले सुन्दै सुनेन। रामायण र महाभारतमा कुरा त झन् के याद होला र ?

चूताः पाटलयश्चैव कोविदाराश्च पुष्पिताः
मुचुकुन्दार्जुनाश्चैव दृश्यन्ते गिरिसानुषु
केतकोद्दालकाश्चैव शिरीषाः शिंशपा धवाः
शाल्मल्यः किंशुकाश्चैव रक्ताः कुरबकास्तथा

वाल्मीकिले रामायणको किष्किन्धाकाण्डमा पम्पा सरोवारनजिक भएका वनस्पतिको वर्णन गर्दा मेरो पनि उल्लेख गरेका छन् ।

प्लक्षाक्ष रौहीतक वेतसाश्चस्नुहा बदर्यः खदिराः शिरीषाः
बिल्वेङ्गुदाः पीलु शमी करीराः सरस्वती तीररुहा बभूवुः

त्यस्तै व्यासले महाभारतको वनपर्वमा पाण्डवहरू गन्धमादनबाट सरस्वती नदीको किनारमा रहेको दै्वतवन प्रवेश गर्दा त्यहाँ रहेका मसहित अरू वनस्पतिको चर्चा गरेका छन् ।

“शिरीष कुसुमाभानां सिंहानामिव नर्दताम्
श्रूयते तुमुलः शब्दस्तत्र तत्र प्रधावताम्”

महाभारतको वनपर्वअन्तर्गत द्रौपदीहरणको प्रसंगमा रामायणको कथा सुनाउने क्रममा वानर फौजको वर्णन छ । त्यसमा “सिंह नाचेका जस्ता  र शिरीषका फूलको जस्तो आभाजस्तो….” भन्ने रूपक गरिएको छ। अर्थात् नाच्दा सिंहको जगर शिरीषको फूलका केसराजसरी फिँजिन्छ भन्ने बुझिन्छ ।

शालिप्रसून सदृशैः शिरीष कुसुमप्रभैः
तरुणादित्यसदृशैः शरगौरैश च वानरैः

अर्को अध्यायमा फेरि वानर फौजको वर्णन गर्दा “धान, शिरीषको फूल, तरुण सूर्य र हानेको वाणजस्तो सेतो….” लेखिएको छ।

महर्षि चरकले उनको ग्रन्थ चरकसंहितामा मेरो चर्चा धेरै ठाउँमा गरेका छन् । मेरा फूल, पात, बोक्रा, बीउ धेरे औषधि बनाउन प्रयोग हुन्छन् ।

चन्दनं पद्मकोशीरं शिरीष: सिन्धुवारिका

क्षीरशुक्ला नतं कुष्ठं पाटलोदीच्यसारिवा:
शेलुस्वरस पिष्टोsयं लूतानां सार्वकार्मिक:
यथायोगंप्रयोक्तव्यं समीक्ष्यालेपनादिषु ।२३ (२००-२०१)

(माकुराले टोके चन्दन, पदमचाल, शीर, शिरीषको बीउ, सिन्धुवारको पात, क्षीरशुक्ला, नत, कटुकी, पाटली, सुगन्धवाल र अनन्तमूलको बोक्रा समान भाग mमिलाएर शेलुको पातको रसमा पिसेर पान, नस्य तथा अंजन आदि गरेर प्रयोग गर्नू । )

मधूकं मधुकं कुष्ठं शिरीषोदीच्यपाटला:
सनिम्बसारिवाक्षोद्रा: पानं लूताविषापहम् ।। २०२

(महुआ, मुलेठी, कटुकी, शिरीषको फूल, सुगन्धवाल, पाटलीको बोक्रा, नीमको बोक्रा, अनन्तमूल समान मात्रामा लिएर मचूर्ण बनाएर पानीमा घोली महसँग मिसाएर पिउँदा माकुराको विष नाश हुन्छ ।)

कषायकल्कचुर्णा”: स्यु: …. लूताव्रणापहा: ॥ २०४

कटभी, अर्जुनको बोक्रा, शिरीषको बोक्रा, शेलुको बोक्रा र क्षीरवृक्षको बोक्रासँग क्वाथको पान गर्दा, कल्कको लेप गर्दा, चूर्ण खाँदा माकुरोले टोकेको ठाउँमा हुने व्रण नाश हुन्छ ।

चरकसंहिता सूत्रस्थानम्

शिरीषबीजं लशुनं हरिद्रे लवणद्वयम्ज्यो
तिष्मतीं नागरं च दद्यात्छीर्षविरचने । २.५ 

तृतीय आरग्वधियाध्याय:
ग्रन्थिश्च भौर्जो लशुन: शिरीष: सलोमशो गुग्गलुकृष्णगन्धे
फणिज्ज्ञको वत्सकसप्तपर्णौ पीलूलि कुष्ठं सुमन: प्रवाला: । ३।४
शैलेयमेलागुरुणी सकुष्ठे चण्डा नतं त्वक् सुरदारु रास्ना
शीतं निहन्यादचिरात् प्रदेहो विषं शिरीषस्तु ससिन्धुवार: । ३.२८
शिरीषलामज्जकहेमलोध्रैस्त्वग्दोषसंस्वेदहर: प्रघर्ष:
पत्राम्बुलोध्रभयचन्दनानि शरीरदौर्गन्ध्यहर: प्रदेह: ।। ३.२९

१६ हरिद्रामञ्जिष्ठासुवहासूक्ष्मैलापालिन्दीचन्दनकतकशिरीषसिन्धुवारश्लेष्मातका
इति दशेमानि विषघ्नानि भवन्ति इति कषायवर्ग: । ४.११

४७ शालककट्फलकदम्बपद्मकतुम्बमोचरसशिरीषवञ्जुलैलवालुकाशोका इति दशेमानि वेदनास्थापनानि भवन्ति

…….शालप्रियकाश्वकर्णचन्दनस्यन्दनखदिकरदरसप्तपर्णार्जुासनारिमेदतिन्दुककिणिहीशमीशुक्तिशिंशपाशिरीषवञ्जलधनमधूकै: सारासवा विंशतिर्भवन्ति
पद्मोत्पलनलिकुमुदसौगन्धिकपुण्डरीकशततपत्रमधूकप्रियङ्गुधातकीपुष्पैर्दश पु्ष्पासवा भवन्ति …….५._

यस्ता चर्चा त कति छन् कति!
प्रत्येक वसन्तमा म फुलेको ज्याकरन्डा हेर्छ, ऊ फुलेको म हेर्छु । ऊ धेरैतिर छ । काठमाडौँले देख्छ अनि पुरानो गल्ती दोहोर्याउन छुटाउँदैन । पत्रिकाका पानामा उसका तस्बिर छापिन्छन्, सामाजिक संजालमा जोडतो । डले उसको सुन्दरताको चर्चामा मेरो नाम जोडेर। हामी दुबै अक्मकिन्छौँ । कहिले हाँस्छौँ, कहिले दु:खी हुन्छौँ।
के यो गल्तीलाई यहीँ विराम लाउन सकिँदैन? तपाईँले मेरो गुणगान गर्दिनु पर्दैन । खालि साँचो कुरा जानिदिए पुग्छ । म शिरीष हुँ, ऊ ज्याकरन्डा हो । हामी एकै हैनौँ ।

प्यारा पाठक लौ बुझ्नोस् कति छन् भेदका कुरा
विवेकी जनका लागि रूपरंग अनेकता ।।
अहिले यत्ति नै भन्छु बिदा हुन्छु जदौ गरी
भेट हाम्रो सधैँ हुन्छ वसन्त फेरि हुन्छ नि ।।

पहेँलो फुल्ने शिरीष Albizia lebbeck

पहेँलो फुल्ने शिरीष Albizia lebbeck (Source: Wikipedia)

सक्कली शिरीष


ओइली झर्छ।”
‘शिरीषको फूल’
उपन्यासको प्रकाशकीय अगाडि यो हाइकु (हाइकु नभनीकनै) पूरा एक पानामा छापिएको छ । कवितामा त लेख्न पाइयो । तर लेखिएको कुरा सही हैन । शिरीषको फूलमा मौरीभँवरा   क्या मज्जासँग बस्छन् । खुट्टाले फूलका केसरा पन्छाइपन्छाई  रसपान गर्छन् ।
तर फूल टिप्नासाथ ओइलाउँछन् ।

शिरीषको फूल टिप्नासाथ ओइलाउँँछ।

शिरीषको फूल टिप्नासाथ ओइलाउँँछ।


शिरीषको फूल’उपन्यासको

पौष १५, २०२२
दु:ख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन-किन तपाईँबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहोला ।

सधन्यवाद !

पारिजातलाई म प्रेम गर्छु । कसो कसो एउटी बहिनीभन्दा बढी नै शायद प्रेमिका जत्ति नै, जोसँग आत्मीय संसर्ग होवोस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअगाँलेर यदि प्रेमको Orgasm (चरमसीमा) को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुन सक्ला।

अहँ, म मान्दिनँ ।

यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु –  ‘मास्सिन लागेकको आफ्नो Species को
अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यत्ति आफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्बन्ध छ न त पर्याप्ति नै । एक मनले चाहन्छ यही मेरो ‘स्वप्नको साकार रूप र अर्को मनले भन्छ ‘यही नै हो पूर्णविराम’ । र शिरीषको कथा’ पख एक छिनपछि भन्छु ! हतार के छ?

….. त, पाण्डुलिपि मेरो हातमा पर्यो । र साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई ।

किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जराकाण्ड आइरह्यो – पछि थाहा पाएँ अंग्रेजीमा यसलाई Mimosa Sirisa भन्दारहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !

’कुमारसम्भवम्’मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दछन् – पदां सहेत भ्रमरस्य पेलवं शिरीषपुष्प न पुन: पतत्रिण ।“ कथाको सार पनि यही । तर पढिसकेर मात्र सार बुझिन्छ; चाहे कुमारसंभवम् ७०० वर्षअगाडि नै किन नलेखिएको होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन – पारिजातका लागि पनि !

मार्ग ४, २०२२                                           — शङ्कर लामिछाने


उपन्यासको पहिलो अध्याय

बारमा तेस्रो पटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ । हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम अहिले यी रूखहरूले आफूलाई नीलै बनाएर फुलाउँदछन् । घरको दायाँपट्टि ग्यारेजजस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिक पर धेरै पञ्चरङ्गी फूलहरू बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरूले झन्डै छोपिएको, ठीक त्यसै बीचमा मैले एउटी स्वास्नीमान्छे देखेँ छब्बीस वर्षकी ।……..

ज्याकरन्डा हो फूल यसरी झ्रर्ने!

ज्याकरन्डा हो फूल यसरी झ्रर्ने!

save frogs

from an old dairy

planet earth here!

rd5: amphetamine

cued in veritably
maybe it’s a headway
i’m all ears

when dead tired
you count me out

for rupticism
what’s your hunch?
bad rep
you tailed him?

add up

hello folks
curse me for this rigmarole
save frogs and toads
i like their croaks

stashed away for years
my assets
have gathered dust
become a safe haven to silverfish
they rule in there and procreate
but i doubt
if they could swim in knowledge or taste sanskrit verses

i like mud and lotus and frogs
they deliver love and knowledge and wisdom
i want to swim in
from their puddle to ocean

grow flowers and give up guns
love frogs and stop hating others

high time indeed
to end the hibernation
and start singing like frogs
the esoteric songs
(of love and love-making)

when will it rain?
i need some muse again

(NaPoWriMo Day 30, Post# 31)

¤BlackBerry Poem¤

can fish survive out of water

ninja tuna tracks
play in the background repeatedly
i don’t bother to change them
not even to lower the volume

i want to irritate myself
with music
that i would never get to understand

like a baked potato
about to get charred
in a kaput machine
i excuse myself
not to open the windows
even if i’ve confined myself
in a like-an-oven room

i want to let
the last drop of water in my body
ooze out and evaporate

like cures like
so they say

i want to opacify my vision instead
see whether fish can survive out of water
(NaPoWriMo Day 29)

¤BlackBerry Poem¤

show me my sky

ए हिउँ 
मलाई मेरो आकाश देखाइ‍देऊ!….

oh snow,
show me my sky!

i will fly high
dive back onto you to cry
in happiness by
transforming pain to pleasure-sigh
anxiety to strength multiplied
ego to compassion dignified
grief to wisdom simplified…
this song
that nobody wrote or sang in real life
tickled my ears
from within several layers of dreams
in my morning sleep
is still reverberating
provoking me to find the meaning

(NaPoWriMo Day 28)

¤BlackBerry Poem¤