मन महात्म्य

 

धन होला बडो, साथी! मन चाहिन्छ सर्वदा
धन ता आउँदै गर्छ मनै छैन भने कता? 
मनको धन जस्को छ त्यो हो है असली धनी
दरिद्रता मनैभित्र भए वानर जंगली । 

no stock for tonight

concealed under circles of smoke
embellished with flying ash
if you see a mossy face
with reddened eyes and glare on glasses
choking at times
but not stopping to light fags after fags
held by slender hands
you may think that he could be a poet
deep in his thought
or
a philosopher trying to theorise something nonsense
or
a lovelorn man struggling to cope with his recent tragedies

when i see
eight butts by my side
while trying to locate saturn in the hazy sky for an hour
i laugh at myself

why only mars and spica
and
jupiter, castor and pollux
are so conspicuous
and other planets are elusive tonight?

i fucqueen have only one cigarette left
and
all shops are closed by now

¤BlackBerry Poem¤

कविता: आजको वास्तविकता

बु्द्धको नाममा द्वेषको काम भो 
टाउको शासकी क्लेषको ठाउँ भो
बैगुनी नाच्दछन् बुद्धको वक्षमा
ज्ञान ता नाश भो पृष्ठको पक्षमा ।।

लाजको भेषमा नग्नता ओर्लियो
छाल ता छल्कियो मानवी जालको 
भ्रष्टको द्वन्द्वमा देशको काल भो
राज्यको भोगमा चण्डको ताल भो ।।

–हिमांशु केशवम्
(स्रग्विणी छन्द)

 

सक्कली शिरीषको पत्र

 

 काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । इन्टेट्को ठूलो फूल wikimedia बाट

काठमाडौँ रानीवनमा फुलेको रातो शिरीष । (Inset को तस्बिर Wikimedia बाट)


वासन्ती धर्म हो फुल्नु बीजका निम्ति फक्रँदै

चल्छ प्रकृतिको चक्र सदाकै पथ लम्कँदै ।। 
टेकी बैशाखको टेको वनपाखा रमाइला
चिल्ला प्वाँख फिँजाएर मग्न छन् सुरमा चरा ।।”
पहेँलो काइँयो नीलो ज्याकरन्डा पनि फुले
शिरीष म फुलेँ राम्री रातो र घिउ रंगले ।।

प्यारा पाठक,

म फुलेकी थिएँ ढकमक्क, ऊ पनि रंगिएको थियो उसैगरी। वैशाखको बैसाखी टेकेर बगैँचा र वनपाखा बैँसको उन्मादमा नाच्ने रंगीन मुजुरझैँ देखिने नै भए, बहुरंगी वसन्तको उत्तरार्द्धमा। वाणिबल हामीमा नभए पनि भँवरा, मौरी र चराका संगीतमा रम्ने मौका त के छोडिन्थ्यो र? घाम लाग्दा हाँसियो अनि मन्द हावा चल्दा नाचियो पनि। तर कोमलांगी म चर्को घामपछि दर्केको पानीले अहिले घाइते भएकी छु, ऊ पनि केही दिन अलि ओसियो । आकाशमा बादल मडारिँदै गरेको भए पनि घाम फेरि उत्ताउलो हुनलागेको छ। कोइलीले गीत गाउन थालेका छन्, जुरेली नाच्दैछन् । हामीले नफुली हुन्न यो बेला।

के तपाईँ हामीलाई चिन्नुहुन्छ?

मेरो घर हिमालको काखदेखि समुद्रको छेउसम्म फैलिएको छ। मान्छेले कोरेको राजनैतिक सीमारेखामा म के बाँधिन्थेँ र? तर काठमाडौँको प्रसंग जोड्छु। किन भने त्यहाँ मेरो परिचय मिचिएको छ। हजुर, त्यसमा ऊ बलात् जोडिएको छ।

म आफूलाई कसरी चिनाऊँ?

“आइडेन्टिटी थेफ्ट्” भयो भनौँ भने उसले मेरो नाम चोरेको हैन । ऊ पनि निरीह छ । ज्ञानका कुरा गर्ने मान्छेका अल्पज्ञान र लहैलहैमा नराम्ररी चेपिएको छ। अरूको नामले सम्बोधन गरिँदा ऊ के रमाउँदो हो र? “आइडेन्टिटी क्राइसिस्” त उसलाई पनि पक्कै हुँदो हो । कि रामायण, महाभारत, कुमारसम्भवआदि संस्कृत वाङ्मयका महान् कृतिमा मेरो उल्लेखले उसलाई लोभ्यायो? महाकवि कालिदासका रूपक र उपमामा रमाएर र चरकसंहितालगायत आयुर्वेदका ग्रन्थले मेरा अनेक अवयवका विभिन्न औषधीय महत्व बताएको थाहा पाएर मेरो नाम हडप्ने विचार पो गर्दैछ कि? पार्वतीको बैंससँग दाँजिएको मेरो कौमार्यले उसलाई रनभुल्ल पारिदिएछ त? कि पारिजातको भुलको गुलियो चाट्दै आफ्नो बैजनी आत्मसम्मान लगभग आधा शताब्दि पुरानो मूतको न्यानोमा सेकाउँदैछ?

सक्ला त ऊ मेरो नामको खोल ओढेर रजाइँ गर्न? अनि के त्यस्तो अन्याय हुन तपाईँ दिनुहोला र? तर म विश्वस्त छु उसलाई मेरो नाम खोस्न आवश्यक छैन। किनभने ऊ आफैँ सुन्दर छ र आफ्नो अस्तित्व जोगाउन र फैलिन सीपालु पनि ।

म युगौँदेखि यही भूखण्ड रंग्याउँदै यहीँ फुल्ने शिरीष हुँ । तपाईँका भाषामा भन्दा म यहीँकी वंशज नागरिक।

ऊ ज्याकरन्डा हो, भारत हुँदै यता भित्रिएको । उसको मूल थातथलोचाहिँ मध्य र दक्षिण अमेरिकातिर रे। ऊ यता अंगीकृत नागरिक बन्न छिरेको १०० वर्ष पनि भएको छैन। भारतमा कतैकतै उसलाई नीलमोहर/नीलमोर पनि भन्छन्। गुलमोहरको जस्तै रूख र नील वर्णको फूल भएर हो या फूल मुजुरजस्तो देखिने भएर हो त्यो त म भन्न सक्दिन। काठमाडौंमा फुल्न थालेपछि भँगेरोजस्तो फूल देखेर नेवारीमा उसको नाम ‘चखुङ्चा स्वाँ’ राखिदिए ।

तर के गर्नू? बौद्धिकहरूको अखडा काठमाडौँले उसलाई म भन्ठानिदियो र मलाई ओझेल पारिदियो । ऊ बैजनी फूल हो । म हल्का रातो अनि पहेँलो रंगमा छुट्टाछुट्ठै फुल्छु। आधुनिक वनस्पति शास्त्रका पण्डितले उसको नाम ज्याकरन्डा मिमोसिफोलिया (Jacaranda mimosifolia) राखिदिए । उसका पात मेरा आफन्तका जस्तै देखिने भएकाले न्वारन गर्दा ‘मिमोसिफोलिया’ जुरेछ । उसको परिवार बिग्नोनिएसी (Bignoniaceae) हो । लेगुमिनेल्स् (Leguminales) वर्गअन्तर्गत मिमोसेसी (Mimosaceae) परिवारकी मेरो अघिल्लो नाम अल्बिजिया (Albizia) हो र अहिलेसम्म १३८ प्रमाणित प्रजाति र धेरै उपजाति छन्। तीमध्ये कम्तीमा ६ प्रजाति नेपालका रैथाने हुन्, नपत्याए देशविदेशमा नाम कमाएका वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई सोधे हुन्छ। लज्जावती (Mimosa pudica) त पक्कै चिन्नुहुन्छ होला। ऊ र म यौटै परिवारका ! दालजातिका सबै वनस्पति मेरा नातेदार।

काठमाडौँले अन्याय गरेपनि बाहिर मेरो रंग र जात छुट्याएर मलाई अनेक नामले पुकार्छन्। रातो शिरीष, सेतो शिरीष, कालो शिरीष, पड्के शिरीष आदि। घाँस, दाउरा, काठ, औषधि धेरै काममा मेरो प्रयोग हुन्छ। अझ इलामका बगानमा त म चियाका बोटलाई छहारी पनि दिन्छु।

कालो भनेपनि म अल्बिजिया लेबेक् (Albizia lebbeck) पहेँलो फुल्छु। तराईदेखि महाभारतको उचाइसम्म बस्छु ।  रातो फुल्ने अल्बिजिया जुलिब्रिसिन् (Albizia julibrissin) चाहिँ पहाडी भागमा रमाउँछु । १००० मिटरभन्दा तलदेखि ३००० मिटरसम्मको उचाइमा । जहाँ बसेपनि, रूखको आकार ठूलोसानो जे भएपनि र फूलको रंग फरक भएपनि फुल्ने तरिका उही हो।

डाँठको टुप्पामा सोलीजस्ता आठ दश ओटा हरिया पुष्पासन हुन्छन्। तिनबाट बाहिर निस्केका रौँजस्ता मसिना र लामा केसरा झुप्पा परेजस्ता देखिन्छन् । तलतल सेतो र माथि घिउ अथवा गुलावी रंगमा । धेरै नरम हुन्छन्। टिप्नासाथ ती ओइलाइहाल्छन्। प्रत्येक केसराका टुप्पामा खैरोखैरो परागकोष पनि हुन्छ । फलचाहिँ पछि कोसा बनेर लाग्छ।

मेरो फूलको कोमलतामा संस्कृतका महाकवि कालिदासले रूपक गरेका छन् । कुमारसम्भवम् महाकाव्यको प्रथम सर्गको ३३औँ श्लोकदेखि ४९औँसम्म पार्वतीको बैंसको क्या सुन्दर वर्णन छ! मलाई पनि विम्ब बनाइदिएका छन्।

अन्योन्यमुत्पीडयदुत्पलाक्ष्याः स्तनद्वयं पाण्डु तथा प्रवृद्धम्
मध्ये यथा श्याममुखस्य तस्य मृणालसूत्रान्तरमप्यलभ्यम्॥ (१.४१)
शिरीषपुष्पाधिकसौकुमार्यौ बाहू तदीयाविति मे वितर्कः
पराजितेनापि कृतौ हरस्य यौ कण्ठपाशौ मकरध्वजेन॥ (१.४२)
-कुमारसम्भवम्, कालिदास

वितर्क गर्दैछु शिरीषभन्दा छन् पाखुरी कोमल खास दोटा
जलाइँदा काम खुलेर फेरि छ कण्ठपाशै बनिँदो कि हेरि ! (१.४२)
(छायानुवाद- वसन्तकुमार शर्म्मा ‘नेपाल’)

कमलजस्ता आँखा भएकी (पार्वती)का काला मुन्टा भएका दुई स्तन एकापसमा रगडिएर यसरी बढेका छन् कि तिनका बीचमा कमलनालको मसिनो त्यान्द्रो पनि अट्दैन।उनका हातपाखुरा शिरीषको फूलभन्दा धेरै कोमल छन् । (शिवसँग) पराजित भएपनि कामदेवले ती पाखुरालाई शिवको घाँटीको पासो (अँगालोहाल्ने) बनाइदिएका हुन् ।

फेरि पाँचौ सर्गमा पार्वती शिवका लागि तपस्या गर्न बस्दाको प्रसंगमा कालिदास लेख्छन्-

निशम्य चैनां तपसे कृतोद्यमां सुतां गिरीशप्रतिसक्तमानसाम्
उवाच मेना परिरभ्य वक्षसा निवारयन्ती महतो मुनिव्रतात् ।। (५
.३)
मनीषिता: सन्ति गृहेषु देवातास्तप: क्व वत्से क्वच तावकं वपु:
पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुन: पतत्त्रिण: ।। (५.४)

 

सुनी उमाको शिवमा प्रगाढता पुगिन् अँगालीकन भन्न मेनका
बिथोल्नलाई महती तपस्या बखान गर्थिन् मनको समस्या ।।
घरैघरैमा सुरविज्ञ छन् यहाँ । कहाँ तपस्या? तन यो कहाँ कहाँ?
रहन्छ भौँरे पद थेग्न सक्षम, शिरीष के सक्छ चरै अडाउन?!
(अनुवाद- वसन्तकुमार शर्म्मा ‘नेपाल’)

“हाम्रै घरआँगनमा तिम्रा लायक धेरै देवताहरू छन् । ए छोरी, तिम्रो शरीरले यस्तो तपस्या सहँदैन जसरी भवँराको पाइलामात्र सहन सक्ने शिरीषले चरो थेग्न सक्दैन।”

[पद्मपुराणमा व्यासले लेखेको यो श्लोक कालिदासका लागि आधार भएको हुनुपर्छ ।

परुषस्ततपोविशेषस्तव पुनरङ्गं शिरीषसुकुमारम् 

व्यवसितमेतत्कठिनं पार्वति तद् दुष्करमिति प्रतिभाति ।। ]

 

सक्कली शिरीष

सक्कली शिरीष Photo: Jack Scheper/Floridata.com

अँ! २०२२ सालमा पारिजातको उपन्यास “शिरीषको फूल”को भूमिका लेख्दा शङ्कर लामिछानेले अशुद्धि र गलत अर्थ गरेर भए पनि यो प्रसंग जोडेका छन्‍ । अझ कालिदासको युग १२००-१३०० वर्ष पछाडि तान्दिएरै। आफूलाई ‘शिरीषको फूल नै नचिनेको मान्छे’ भनेर स्विकार्ने उनका आँखामा उपन्यास पढुन्जेल “जराकाण्ड” आएछ । तर उनी लेख्छन् “यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !” उनका कुराले मलाई अझ झुक्याउँदै छ, अनि उपन्यासभित्र को फूलको नामले तपाईँलाई! मेरा फूलले भँवरा मौरीलाई आकर्षित गर्छन्। सतर्क भएर खुट्टाले केसरा विस्तारै सार्दै उनीहरू मेरो रसपान गर्छन्।

काठमाडौँमा जताततै हुने ज्याकरन्डा (Jacaranda mimosifolia)

काठमाडौँमा जताततै हुने ज्याकरन्डा (Jacaranda mimosifolia)

काठमाडौंका रैथाने शङ्करले त्यो नीलो फूलको बोट त्यति बेलासम्म नचिनेको हुनु र बाहिरबाट आएकी पारिजातले उपन्यासमा वर्णन गर्नसक्नु कसरी होला भन्ने तपाईँलाई लाग्दैन ? बुझ्नु भयो हैन त? उपन्यास लेखिँदासम्म काठमाडौंमा ज्याकरन्डा हिजोआजको जस्तो सबैतिर थिएन। फूलका सौखिन केही राणा भाइभारदारका बगैँचामा मात्रै सीमित थियो। जान्नेहरू भन्छन् बेलायतकी महारानी एलिजाबेथ नेपाल आउँदा राजधानीका बाटा राम्रा बनाइएका थिए रे। बाटो किनारमा छिटो बढ्ने नयाँ बोटबिरुवा लगाइएछन् । ज्याकरन्डा पनि छानिएछ । त्यतिबेला लगाएका बोट पछि फुल्नु र फैलिनु स्वाभाविकै हो। मेरा र उसका पात उस्तैउस्तै देखिने हुँदा मान्छेहरू म भनेर झुक्किएका पनि हुनसक्छन् । पछि ‘सुनी जान्ने’हरूले ऊ फुल्न थालेपछि त्यही नाम दोहोर्याउने नै भए । पारिजातले जे लेखिन् त्यो ‘पढी जान्ने’हरूमा गलत ज्ञान फैलिने नै भयो।
ईश्वर बरालले त्यतिबेलै पारिजातको उपन्यासको नाम नमिलेको कुरा उठाएका थिए । आफ्नै सम्पादकत्वमा निस्किने एउटा साहित्यिक पत्रिकामा शीर्षक सार्थक भएन भनेर लेखेका पनि थिए । तर काठमाडौंले सुन्दै सुनेन। रामायण र महाभारतमा कुरा त झन् के याद होला र ?

चूताः पाटलयश्चैव कोविदाराश्च पुष्पिताः
मुचुकुन्दार्जुनाश्चैव दृश्यन्ते गिरिसानुषु
केतकोद्दालकाश्चैव शिरीषाः शिंशपा धवाः
शाल्मल्यः किंशुकाश्चैव रक्ताः कुरबकास्तथा

वाल्मीकिले रामायणको किष्किन्धाकाण्डमा पम्पा सरोवारनजिक भएका वनस्पतिको वर्णन गर्दा मेरो पनि उल्लेख गरेका छन् ।

प्लक्षाक्ष रौहीतक वेतसाश्चस्नुहा बदर्यः खदिराः शिरीषाः
बिल्वेङ्गुदाः पीलु शमी करीराः सरस्वती तीररुहा बभूवुः

त्यस्तै व्यासले महाभारतको वनपर्वमा पाण्डवहरू गन्धमादनबाट सरस्वती नदीको किनारमा रहेको दै्वतवन प्रवेश गर्दा त्यहाँ रहेका मसहित अरू वनस्पतिको चर्चा गरेका छन् ।

“शिरीष कुसुमाभानां सिंहानामिव नर्दताम्
श्रूयते तुमुलः शब्दस्तत्र तत्र प्रधावताम्”

महाभारतको वनपर्वअन्तर्गत द्रौपदीहरणको प्रसंगमा रामायणको कथा सुनाउने क्रममा वानर फौजको वर्णन छ । त्यसमा “सिंह नाचेका जस्ता  र शिरीषका फूलको जस्तो आभाजस्तो….” भन्ने रूपक गरिएको छ। अर्थात् नाच्दा सिंहको जगर शिरीषको फूलका केसराजसरी फिँजिन्छ भन्ने बुझिन्छ ।

शालिप्रसून सदृशैः शिरीष कुसुमप्रभैः
तरुणादित्यसदृशैः शरगौरैश च वानरैः

अर्को अध्यायमा फेरि वानर फौजको वर्णन गर्दा “धान, शिरीषको फूल, तरुण सूर्य र हानेको वाणजस्तो सेतो….” लेखिएको छ।

महर्षि चरकले उनको ग्रन्थ चरकसंहितामा मेरो चर्चा धेरै ठाउँमा गरेका छन् । मेरा फूल, पात, बोक्रा, बीउ धेरे औषधि बनाउन प्रयोग हुन्छन् ।


चरकसंहिताचिकित्सास्थानम्
चन्दनं पद्मकोशीरं शिरीष: सिन्धुवारिका

क्षीरशुक्ला नतं कुष्ठं पाटलोदीच्यसारिवा:
शेलुस्वरस पिष्टोsयं लूतानां सार्वकार्मिक:
यथायोगंप्रयोक्तव्यं समीक्ष्यालेपनादिषु ।२३ (२००-२०१)

(माकुराले टोके चन्दन, पदमचाल, शीर, शिरीषको बीउ, सिन्धुवारको पात, क्षीरशुक्ला, नत, कटुकी, पाटली, सुगन्धवाल र अनन्तमूलको बोक्रा समान भाग mमिलाएर शेलुको पातको रसमा पिसेर पान, नस्य तथा अंजन आदि गरेर प्रयोग गर्नू । )

मधूकं मधुकं कुष्ठं शिरीषोदीच्यपाटला:
सनिम्बसारिवाक्षोद्रा: पानं लूताविषापहम् ।। २०२

(महुआ, मुलेठी, कटुकी, शिरीषको फूल, सुगन्धवाल, पाटलीको बोक्रा, नीमको बोक्रा, अनन्तमूल समान मात्रामा लिएर मचूर्ण बनाएर पानीमा घोली महसँग मिसाएर पिउँदा माकुराको विष नाश हुन्छ ।)

कटभ्युर्जनशैरीषशेलुक्षीरिद्रुमत्वच:
कषायकल्कचुर्णा”: स्यु: …. लूताव्रणापहा: ॥ २०४

कटभी, अर्जुनको बोक्रा, शिरीषको बोक्रा, शेलुको बोक्रा र क्षीरवृक्षको बोक्रासँग क्वाथको पान गर्दा, कल्कको लेप गर्दा, चूर्ण खाँदा माकुरोले टोकेको ठाउँमा हुने व्रण नाश हुन्छ ।

चरकसंहिता सूत्रस्थानम्
अपामार्गतण्डुलीयाध्याय:

शिरीषबीजं लशुनं हरिद्रे लवणद्वयम्ज्यो
तिष्मतीं नागरं च दद्यात्छीर्षविरचने । २.५ 

 

तृतीय आरग्वधियाध्याय:
ग्रन्थिश्च भौर्जो लशुन: शिरीष: सलोमशो गुग्गलुकृष्णगन्धे
फणिज्ज्ञको वत्सकसप्तपर्णौ पीलूलि कुष्ठं सुमन: प्रवाला: । ३।४
शैलेयमेलागुरुणी सकुष्ठे चण्डा नतं त्वक् सुरदारु रास्ना
शीतं निहन्यादचिरात् प्रदेहो विषं शिरीषस्तु ससिन्धुवार: । ३.२८
शिरीषलामज्जकहेमलोध्रैस्त्वग्दोषसंस्वेदहर: प्रघर्ष:
पत्राम्बुलोध्रभयचन्दनानि शरीरदौर्गन्ध्यहर: प्रदेह: ।। ३.२९
षड्विरेचनशताश्रितीयाध्याय:

१६ हरिद्रामञ्जिष्ठासुवहासूक्ष्मैलापालिन्दीचन्दनकतकशिरीषसिन्धुवारश्लेष्मातका
इति दशेमानि विषघ्नानि भवन्ति इति कषायवर्ग: । ४.११

४७ शालककट्फलकदम्बपद्मकतुम्बमोचरसशिरीषवञ्जुलैलवालुकाशोका इति दशेमानि वेदनास्थापनानि भवन्ति

…….शालप्रियकाश्वकर्णचन्दनस्यन्दनखदिकरदरसप्तपर्णार्जुासनारिमेदतिन्दुककिणिहीशमीशुक्तिशिंशपाशिरीषवञ्जलधनमधूकै: सारासवा विंशतिर्भवन्ति
पद्मोत्पलनलिकुमुदसौगन्धिकपुण्डरीकशततपत्रमधूकप्रियङ्गुधातकीपुष्पैर्दश पु्ष्पासवा भवन्ति …….५._

 

यस्ता चर्चा त कति छन् कति!
————————
प्रत्येक वसन्तमा म फुलेको ज्याकरन्डा हेर्छ, ऊ फुलेको म हेर्छु । ऊ धेरैतिर छ । काठमाडौँले देख्छ अनि पुरानो गल्ती दोहोर्याउन छुटाउँदैन । पत्रिकाका पानामा उसका तस्बिर छापिन्छन्, सामाजिक संजालमा जोडतो । डले उसको सुन्दरताको चर्चामा मेरो नाम जोडेर। हामी दुबै अक्मकिन्छौँ । कहिले हाँस्छौँ, कहिले दु:खी हुन्छौँ।
के यो गल्तीलाई यहीँ विराम लाउन सकिँदैन? तपाईँले मेरो गुणगान गर्दिनु पर्दैन । खालि साँचो कुरा जानिदिए पुग्छ । म शिरीष हुँ, ऊ ज्याकरन्डा हो । हामी एकै हैनौँ ।

प्यारा पाठक लौ बुझ्नोस् कति छन् भेदका कुरा
विवेकी जनका लागि रूपरंग अनेकता ।।
अहिले यत्ति नै भन्छु बिदा हुन्छु जदौ गरी
भेट हाम्रो सधैँ हुन्छ वसन्त फेरि हुन्छ नि ।।

 

पहेँलो फुल्ने शिरीष Albizia lebbeck

पहेँलो फुल्ने शिरीष Albizia lebbeck (Source: Wikipedia)

उही
सक्कली शिरीष


————————————————————

“शिरीष-फूल
भ्रमर-चुम्बनमै
ओइली झर्छ।”
‘शिरीषको फूल’
उपन्यासको प्रकाशकीय अगाडि यो हाइकु (हाइकु नभनीकनै) पूरा एक पानामा छापिएको छ । कवितामा त लेख्न पाइयो । तर लेखिएको कुरा सही हैन । शिरीषको फूलमा मौरीभँवरा   क्या मज्जासँग बस्छन् । खुट्टाले फूलका केसरा पन्छाइपन्छाई  रसपान गर्छन् ।
तर फूल टिप्नासाथ ओइलाउँछन् ।

शिरीषको फूल टिप्नासाथ ओइलाउँँछ।

शिरीषको फूल टिप्नासाथ ओइलाउँँछ।

———————

———————————————–
शिरीषको फूल’उपन्यासको
भूमिका
 

——————————–
पुतलीसडक
पौष १५, २०२२
शङ्करदाइ,
दु:ख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन-किन तपाईँबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहोला ।

सधन्यवाद !
तपाईँकी
पारिजात”

 

 

पारिजातलाई म प्रेम गर्छु । कसो कसो एउटी बहिनीभन्दा बढी नै शायद प्रेमिका जत्ति नै, जोसँग आत्मीय संसर्ग होवोस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअगाँलेर यदि प्रेमको Orgasm (चरमसीमा) को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुन सक्ला।

अहँ, म मान्दिनँ ।

यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु -  ‘मास्सिन लागेकको आफ्नो Species को
अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यत्ति आफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्बन्ध छ न त पर्याप्ति नै । एक मनले चाहन्छ यही मेरो ‘स्वप्नको साकार रूप र अर्को मनले भन्छ ‘यही नै हो पूर्णविराम’ । र शिरीषको कथा’ पख एक छिनपछि भन्छु ! हतार के छ?

….. त, पाण्डुलिपि मेरो हातमा पर्यो । र साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई ।

किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जराकाण्ड आइरह्यो – पछि थाहा पाएँ अंग्रेजीमा यसलाई Mimosa Sirisa भन्दारहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !

………
’कुमारसम्भवम्’मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दछन् – पदां सहेत भ्रमरस्य पेलवं शिरीषपुष्प न पुन: पतत्रिण ।“ कथाको सार पनि यही । तर पढिसकेर मात्र सार बुझिन्छ; चाहे कुमारसंभवम् ७०० वर्षअगाडि नै किन नलेखिएको होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन – पारिजातका लागि पनि !

 

———————————
काठमाडौँ।
मार्ग ४, २०२२                                           — शङ्कर लामिछाने

————————————————————————————————

उपन्यासको पहिलो अध्याय

बारमा तेस्रो पटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ । हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम अहिले यी रूखहरूले आफूलाई नीलै बनाएर फुलाउँदछन् । घरको दायाँपट्टि ग्यारेजजस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिक पर धेरै पञ्चरङ्गी फूलहरू बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरूले झन्डै छोपिएको, ठीक त्यसै बीचमा मैले एउटी स्वास्नीमान्छे देखेँ छब्बीस वर्षकी ।……..

 

ज्याकरन्डा हो फूल यसरी झ्रर्ने!

ज्याकरन्डा हो फूल यसरी झ्रर्ने!

save frogs

from an old dairy

hello!
planet earth here!

rd5: amphetamine

cued in veritably
maybe it’s a headway
i’m all ears

when dead tired
you count me out
oh
exhibitionists

for rupticism
what’s your hunch?
bad rep
you tailed him?

add up

hello folks
curse me for this rigmarole
but
save frogs and toads
i like their croaks

stashed away for years
my assets
have gathered dust
and
become a safe haven to silverfish
they rule in there and procreate
but i doubt
if they could swim in knowledge or taste sanskrit verses

i like mud and lotus and frogs
they deliver love and knowledge and wisdom
i want to swim in
from their puddle to ocean

grow flowers and give up guns
love frogs and stop hating others

high time indeed
to end the hibernation
and start singing like frogs
the esoteric songs
(of love and love-making)

when will it rain?
i need some muse again

(NaPoWriMo Day 30, Post# 31)

¤BlackBerry Poem¤

can fish survive out of water

ninja tuna tracks
play in the background repeatedly
i don’t bother to change them
not even to lower the volume

i want to irritate myself
with music
that i would never get to understand

like a baked potato
about to get charred
in a kaput machine
i excuse myself
not to open the windows
even if i’ve confined myself
in a like-an-oven room

i want to let
the last drop of water in my body
ooze out and evaporate

like cures like
so they say

i want to opacify my vision instead
and
see whether fish can survive out of water
(NaPoWriMo Day 29)

¤BlackBerry Poem¤

show me my sky

ए हिउँ 
मलाई मेरो आकाश देखाइ‍देऊ!….

———
oh snow,
show me my sky!

i will fly high
and
dive back onto you to cry
in happiness by
transforming pain to pleasure-sigh
anxiety to strength multiplied
ego to compassion dignified
grief to wisdom simplified…
————
this song
that nobody wrote or sang in real life
tickled my ears
from within several layers of dreams
in my morning sleep
and
is still reverberating
and
provoking me to find the meaning

(NaPoWriMo Day 28)

¤BlackBerry Poem¤

always a second fiddle

with bare bone and skin
i danced in front of mirror
you saw, pulled a face

cool breeze poked you from behind
you also started dancing

(NaPoWriMo Day 27)

¤BlackBerry Poem¤

vicious circle

i could get acquainted
with
all six enemies
that i sired with you
through a single guru
and
that is you

miss kama the desire
mr krodha the anger
miss lobha the greed
mr moha the delusion
miss mada the arrogance
mr matsarya the jealousy
all ganged up
and
marched in unison
in a bid to bring me down

a poet-to-lover-to-lunatic
i’m struggling to get over

oh guru,
show me the path further
i need to get out
of this vicious circle

(NaPoWriMo Day 26)

¤BlackBerry Poem¤

confusion

got left in the lurch
after blowing hot and cold
with usual breath

confusion’s my ingrained trait
you took it for deception

(NaPoWriMo Day 25)

¤BlackBerry Poem¤

fashion show

tgif nepal fashion week, kathmandu
to savour the shapes
rather than style or cover
people gather there

flesh tempts more than fashion does
i can bet my lost* dollar

*(sic)

(NaPoWriMo Day 24)

¤BlackBerry Poem¤

mercurial fate

as head of the dragon
started spewing fire
i ran for cover

i ran far away
and decided
never to return

super sun
musing moon
jovial jupiter
mighty mars
all messed around and went past
as a mute spectator only
when i suffered the worst ever despair

combust mercury
and thus always mocked
nevertheless
brought the mercurial twist
in the story

i’m back home
after 16 days and 15 nights

i’m least worried now
for i’ve pulled in my horns
and
i won’t care
even if saturn makes me sad or strong
or
venus makes me virile or vile

fucqueen fate is mercurial
it can fuck us any time it wants

(NaPoWriMo Day 23)

¤BlackBerry Poem¤

elusive illusion

what we call reality
is
but an elusive illusion
that has forced all
to accept what is not as what is
and vice versa

my being
and
thus these sufferings
mean nothing
compared to yours

you  know
so do i
that
you are me
and
i am you

even so
i suffer from denial of reality
and
you know
it’s a disease whatsoever

is it because
you have remained you
and
i could not rise above me?
————————–

come
and dissolve in me
or
invite me to dissolve in you

that union
when happens
will be prime

then
we will shine
with
another reality
nay
elusive illusion

(NaPoWriMo Day 22, Post#23)

days and nights

days are a despair and nights a nightmare
time gets stuck and leaves me not anywhere
bloody thoughts rule me when there is light
dark means no sleep or bad dreams marred by fright

(NaPoWriMo Day 21, Post#21)

border

mt machhapuchhre as seen from lake phewa in pokhara

mt machhapuchhre as seen from lake phewa in pokhara

नापेर नांगा आँखाले
अनुमानका भरमा
माछापुच्छ्रेको उचाइ
फेरि गलत हुनुछैन मलाई

किनकि
बादलको साम्राज्य फैलिँदा
छुट्टिँदैन
हिमाल र आकाशको सिमाना

——————————————–
i don’t want to gauge
machhapuchhre with bare eyes
and make its height
a wrong guesswork

when empire of clouds expands
border of mountains and sky
cannot be separated

(NaPoWriMo Post#17)

blood moon

maybe
you realised that
it’s you who made me mad

that’s why you felt bad
hid under the murk
and turned red-faced too
thousands of miles away from me Blood MoonPhoto: Associated Press
(NaPoWriMo Post#15)

mars dates moon

moon-jupiter-new-year-kathmandu-virgo

maiden evening
seeing mars and moon on date
i ran far away

but there to here, lights to woods
why did they chase me again?

moon-mars-pine-trees(NaPoWriMo Post#14)