Buddha, War and Peace
उठेका हातहरू
हतियारसँगै
रणभूमिमा
बुद्धको आँखाको भवमा
बुद्धको हेराइको भवमा
किन हो कुन्नि !
त्यसै लत्रन्छन् ।
बारुद र बमका बीचमा
बुद्धको उपस्थिति
रगत र रौद्रतामाझ
बुद्धको तरण
शायद भ्रम हो
एक बेअर्थी दर्शन हो ।
भूत, वर्तमान, भविष्य … !!!
काला र गोराको भेदमा
थु्प्रिएका सहस्रौं लाशमाथि
बुद्ध निश्चल उभिरहेछन्,
बेफिक्री हाँसिरहेछन्
शायद सर्वत्र त्यस्तै चाहिरहेछन् ।
सोमालियाको भोकमरीमा
सुकेका शरीर देखेर
बुद्ध आफ्नो तपावस्था सम्झिरहेछन्
अनि भनिरहेछन्
–”तिमीहरू सबै बुद्ध हुनेछौ…. बुद्ध
. .. मजस्तै
प्रतीक्षा गर !”
हुतू र तुत्सीको संघर्षमा
बुद्ध शाक्य-अशाक्यको लडाइँ देखिरहेछन्
अनि
कुनै सिद्धार्थको जन्मको विश्वास दिलाइरहेछन् ।
बोस्निया-हर्ज्गोभिना
चेचेन्या-रुस्
सबैतिर बुद्ध पुगिरहेछन् ।
सर्व् र मुसल्मानको लडाइँमा
बुद्ध शान्तिको पाठ पढाइरहेछन्
प्रत्येक गोला, मिसाइल्मा
आफैँ पड्किरहेछन् !
बुरुन्डी, हाइटी, अल्जेरिया
अफ्गानिस्तान, पाकिस्तान, हिन्दुस्तान
एक्ला बुद्ध जहाँकहीँ पनि पुग्छन्,
पुगिरहेछन् ।
तामिल् र लंकाको झगडामा
बुद्ध घाँटीमा ‘साइनाइड्’ झुन्डाएर
कम्मरमा ‘टायम् बम् फिट्’ गरेर
शान्तिका लागि घोकेर स्वतन्त्रताको नारा
बन्दुक र बारुदसँगै
हुंकार गर्छन्, गर्जन्छन् ।
हिन्दू र मुसल्मानहरू
बुद्ध बुझ्न नै
मन्दिर-मस्जिदको लफडा निकाल्छन्
मारकाट गर्छन्
हिंसा फैलाउँछन् ।
क्याथोलिक्-प्रोटेस्टेन्ट्…
सिया-सुन्नी … !!
बुद्ध शान्त भै हेरिरहन्छन् सबै
शायद बुद्ध त्यही चहान्छन् ।
मध्यपूर्वको अशान्तिमा
बुद्ध आत्मशान्ति पाउँछन्
अनि अघोषित क्षेत्रीय युद्ध मच्चाउँछन् …. ।
डाइनमाइट्को आविष्कारमा रमेका बुद्ध
नोबेलको शान्तिपुरस्कारलाई धिक्कार्छन्
हिरोसिमा र नागासाकीका विष्फोटमा
खुशी भै नाचेका बुद्ध
संयुक्त राष्ट्रसंघको शान्तिअभियानलाई सराप्छन्
नेपालको शान्तिक्षेत्रको सोचाइ
सधैँका लागि बिर्साइदिन्छन्
साम्राज्यवादका पक्षपाती बुद्ध
स्वतन्त्रतालाई घृणा गर्छन् ।
“किन थाहा छ?”
–“प्रतीक्षा गर !”
यताका उनी उतिए झै गरेर
लडाइँ चहान्छन् शायद
अनि रम्न चहान्छन्
शान्त रगतको रौद्र उम्लाइमा
पौड्न चहान्छन्
शीतल रगतको ऊष्ण बगाइमा ।
अन्त्यमा बुद्ध
वास्तवमा बुद्ध
पड्कन चहान्छन् पृथ्वीको विष्फोटसँगै
प्यारो बोधिवृक्ष अँगालेर
रक्तरंजित माटो चुम्दै
भूत, वर्तमान, भविष्य…
सधैँ नै
ब्रह्माण्ड-शान्तिका लागि
मात्र ब्रह्माण्ड-शान्तिका लागि !
(National School of Sciences, NIST, Lainchaur मा सन् १९९६/९७ मा भएको कविता प्रतियोगितमा प्रथम घोषित यो कविता Explorer 97 मा प्रकाशित भएको थियो । )
कहाँ रहेनछ बुद्ध ?
मनमा
बनमा
तनमा
जन जनमा
बुद्धले आसिन नगरेका तनहरू पनि
बुद्धत्व प्राप्तिकै लागि तल्लिन छन्
लडेका छन्
काटिएका छन्
मरेका मारिएका छन्
झन्
आगोको लप्का
र
बारूदका धुवाँबीच
बुद्धले आफ्नो बासस्थान बनाएका रहेछन् ।
आजै थाहा भयो केशव भाइ,निकै मीठो,यथार्थपरक कविता वाचन गर्न पाईयो । धन्य भयो । धन्यबाद ।
धन्यवाद । हो बुद्ध जहाँपनि छन् नि ।
यो मलाई सबैभन्दा मन पर्ने समकालीन कविता हो। यो कविता रचिएको ताका लेखाइ तर्फ मेरो निकै चुरिफुरि थियो। एकै कलेजमा नपढेता पनि बाल्यकालदेखिको निकै नजिकका मित्र कोइरालाको यो रचना कता कताबाट मेरो हातमा पर्यो, अहिले सम्झना भएन। पढे पछि यति राम्रो लाग्यो कि साथीको कलमलाई नमस्कार गर्न मन लाग्यो।
खुशी लाग्यो तिम्रो प्रतिक्रिया पढ्दा । खासमा तिमीले अस्तिन सम्झाएको हुनाले यो कविता यहाँपनि राखेको ।
kabita yas sansarko dwedh satyama bibhajit 6 (yuddha-Buddha) tar fully positive bichar pokhiya6 yuddhama pani buddha lai dekhnasaknuma, yes the god(buddha) is omnipresent.
कविता मन प-यो। अरु पनि पढ्न पाऊँ।