–“सद्-श्री-विचारका भाव भित्रबाटै उठून् सदा !”
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
अग्लाइ अझ अग्लिँदैछ,
आफू होचिँदैछु
अनन्तयात्रा गर्न समर्थ छु,
तर केहीपनि देखिँदैन
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दैहोलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
व्योमचुम्बन कुनै महत्ता हैन,
सम्भावना विनाश देखाउँछ
आँखा अघाउन्जेल आकाश हेर्न चहान्छु,
निर्विघ्न छैन चहाना !
गहिराइभन्दा बढी होलान् बाधाहरू
तर आशा सेलाएको छैन ।
तल भासिँदैछ, देखिरहेछु
छानाको भेउ पाउँदिन,
त्यो अकास्सिरहेको हुनुपर्दछ
छायाबाट अनुमान लगाइरहेछु ।
कतै विध्वंशको ताण्डवनाच छ
कतै अशान्तिको क्रूर राज छ
नि:शब्द बाध्यताले हेरिरहेछु ।
द्रवझैँ बगिरहेछ दृष्टि
“व्यापकताको सीमा खै?” सोधिरहेछु ।
कुनै अर्थ छैन भावनाको
भूततत्व किनकि त्यो हैन !
बन्धुत्वको अर्थ एक छेकाइमा मात्र सींमित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
वाद र गुटका लहरीहरू
सूर्यप्रार्थनालाई जातीयतामा रोक्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
साँप डसेर झन् विषालु बनेकाहरू
कपाल समाएर पछार्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
अकर्मण्यता बाँचिरहेकाहरू
युगपरिवर्तनको धाक लगाइरहेछन्
विनाशोन्मुख दुष्प्रवृत्तिहरू विकाशको नाम कौलासिहरेछन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
झोल र चोक्टाका लागि लुछाचुँडी भइरहेछ
प्रकृति आफ्नै गतिमा छे
यति भन्न सक्छु ऊ नवसत्ताको रचनामा छे
मात्र नेत्रविष्फारणले के उपलब्धि मिल्ला र !
अस्तित्व प्रश्नित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
ज्ञान छ, व्यामोहमै अल्झिरहेछ
शब्द छ, नि:शब्दतामै अड्किरहेछ
बुद्धि छ, विवेकसँगको विच्छित्तिपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
चहाना छ, बाधाहरूपनि छन्
नेत्र छन् , विदीर्ण दृष्टिपनि छ
हामी छौँ, हामीबीच को द्वन्द्वपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
(यो कविता सन् १९९७ मा NIST भएको कविता प्रतियोगिताका लागि लेखिएको हो । म पढेको सो विद्यालयको म्यागजिन् Explorer 98 मा छापिएको पनि थियो । मलाई अझै NIST (शान्ति विद्यागृह ) परिसर , लैनचौरमा यो कविता वाचन गरेको याद छ । हेमांगराज अधिकारी, दैवज्ञराज न्यौपाने र मोहनहिमांशु थापा निर्णायक रहनुभएकाले अलि अकमकिएको थिएँ क्यार ! त्यो जमानामा भिडियो खासै खिचिँदैनथ्यो । कसैले खिचेको भए र अहिले हेर्नपाए गजब रमाइलो हुन्थ्यो होला ! तर प्रथम हुँदाको रमाइलो नै अर्को ! अझै त्यतिबेला शरीर तरंगित भएको सम्झना आउँछ । )


As mr Somesh verma said,I like the poem with high standard words included,I wont just agreed with him but some how..must say,”bathan banayer udiraheka holan parewa haru,hawa ma nibrigna paltan mardai holan chilharu”still its so true n wl say in nepali ‘samaya sapaksha’,even though I dint understand some of the words n meaning but overall,I will just say,wow!!n U wrote that long ago,n u were perfect!wah Keshv,wat a poem!n thnx for sharing with us!
thanks, abhilasha. yes, though written 14 years ago this poem is still relevant.
Nice one….
thanks.
hi abhi nice poem. i don’t no you r poet also .cogratulation dear take care
thanks for the comment.
but i think you mistook me for abhi.
very well written. One of the best I have read in years.
त्यो अकास्सिरहेको हुनुपर्दछ
छायाबाट अनुमान लगाइरहेछु ।
thanks prasanna.
it was written in 1997.
कविता होस् त यस्तो :
झोल र चोक्टाका लागि लुछाचुँडी भइरहेछ
प्रकृति आफ्नै गतिमा छे
यति भन्न सक्छु ऊ नवसत्ताको रचनामा छे
मात्र नेत्रविष्फारणले के उपलब्धि मिल्ला र !
अस्तित्व प्रश्नित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
म यो कविता निस्फिक्रि समय लिएर वाचन गर्न चाहेको छु । यसै त प्रथम भएको कविता त्यसमाथि पनि प्रखर कवि ज्यूको कविताले मन चसक्क बनाएको छ ।
धन्यवाद भिनाजू ।
वाचन गर्नुभयो त ?
the best thing about this poem is that it is timeless. It applied several years ago when it was written and still applies today. gud going!!
thanks, sewa. yes, timeless and still relevant in many regards. nothing has changed.
Ramro rahe6 poem
धन्यवाद ।
kesahv sir,kabita ta ramarai ho tar yasako main frame nai kehi birodhabhas 6 sachhai real ma ta yasto suneko pani 6ain dekhe pani 6ain sayad symbolic matra ho ki?
कवीन्द्रजी, विरोधाभाष नै यो कविताको मर्म हो ।
chilale parewa ko paltan mareko kura.
yo malai mann parne kavita ho..
Kesav Ji,
Kavita pade, ekdum ramro lagyo….
Sanchhai nai tapai ko kavita padda, euta arkai ananda aaudachha. Hamro jindagi nai alkai lai pachhyaune yatra na ho. Kaha kahile tunginchha, thaha hundaina, Khali yeti thaha chha ki, hami sirf agadi badna sakchhau, ani afno bharsakdo kosish garna sakdachhau….