Condolences To My Illusion of Revolution
रक्तक्रान्तिको बिगुल फुकिँदा
सहरको स्कुले केटो मलाई
त्यतिबिघ्न मान्छे मर्छन् भन्ने के थाहा ?
“ओयाङ् हाईको गीत” र “आमा” गम्दै
फ्रान्सेली क्रान्ति र माओका कहानी अरूलाई सुनाउने
अनि
वर्गसंघर्ष र आमूल परिवर्तनको गुड्डी हाँक्ने
जुँगाको रेखी अझै नबसिसकेको मलाई
१४ हजार टाउकाको बलिदान
१४ टाउकेका मुखका लागि सीमित हुन्छ भन्ने के थाहा ?
——————
होक्राङमा गुच्चा हार्दा
मैलो भोटोको बाहुलामा सिँगान पुछ्दै
मसँग झगडा गर्ने बेखामान
पढ्न छोडेर हुल्याहा बन्यो,
कहिले मान्छे लुटेर, कहिले कुटेर पटकपटक थुनियो
क्रान्तिकारीहरू काठमाडौं आएपछि ऊ साथ लागेछ
आज ठूलै क्रान्तिकारी मानिएको छ
भोलि मन्त्रीपनि बन्ला ।
मार्क्स॒वादसँगै मीठा कविता र गीता पढ्ने म
सधैँ विद्यार्थी बनेँ, पढिनैरहेँ –
कहिले क्रान्ति बुझ्न शास्त्रका ठेलीहरू पढेँ
कहिले क्रान्तिकारीका खबर जान्न पत्रिका पढेँ ।
उनीहरू सहर पसेर सत्तामा बसेपछि
१४ हजार टाउकाको थाङ्ग्रोमा भ्रान्तिको फर्सी फलाएको देखेर बिरक्तिएछु
र
आज कवि भएको छु
भोलि “प्रतिगामी” ठहरिउँला !
—————————–
आजभोलि व्यापारी र मन्त्रीहरूसँग उठबस गर्ने बेखामान
कार्यकर्ताको लस्करसँगै रवाफसाथ नयाँ गाडीमा हुइँकिन्छ,
बाटामा मलाई देखेर जब ऊ हर्न् बजाउँछ
मैलो सफाटेम्पोबाट झुन्डिँदै भएपनि म हात हल्लाइदिन्छु ।
——————————-
अस्ति भण्डार सफा गर्दा
सिलोटले थिचेर राखेको थोत्रो ट्याङ्काभित्र
हरियो उगाल निस्केको पित्ले लोटामा
बेखामानसँग जितेका “चिम्पुङ्”, “ढिम्पुङ्” र “अमेरिकान्” गुच्चाहरू भेटेँ
माउले खाएका पुराना किताबका खातमा
गोर्कीको आमा र माओको तस्बिर छापेको रातोकिताबपनि भेटेँ
अनि धूलो टक्टक्याउन सफा पत्रिका उज्याउँदा
लम्बोदर कमरेड र उनको नयाँ दरबारअगाडि उभिएको बेखामानको तस्बिर पनि देखेँ ।
—————
भेट हुँदा बेखामान क्रान्तिको सुगा रट्छ
म ङिच्च हाँसिदिन्छु,
केटौले उन्मादमै भएपनि मैले कल्पेको क्रान्ति
बेखामानले खोजेजस्तो आफूले मात्रै जित्न पाउनुपर्ने होक्राङ् थिएन
त्यो क्रान्तिको उपलब्धि लम्बोदर कमरेडको दरबारजस्तो आलिसान थिएन ।
————
भर्खरै भण्डारबाट ती किताबहरू आफ्नै कोठामा ल्याएको छु
गुच्चाहरू टल्काएर सोकेस॒मा थन्काएको छु
बालसखा बेखामान छिमेकमै छ
सायद
लम्बोदर कमरेडसँग मदिरापान गरेर भर्खर घर फर्किएको छ
क्रान्तिचाहिँ नशामै भएपनि उसको जीब्रोमा झुन्डिएको छ ।
———————–
बेसुरा पारामै सही
मलाई भन्न मनलागेको छ — बेखामान जिन्दावाद !
———————–
बेखामानले कसैलाई मारेको थिएन
न उसले कसैलाई मर्न या मार्न उक्साएको थियो
ऊ त
आफू जित्न चाहन्थ्यो — झेल्ली गरेरै भएपनि
र
अहिले खालि क्रान्तिको फल खाँदैछ
उता
क्रान्तिनायक लम्बोदर कमरेड
बेखामानले हम्केको चमरमा रम्दैछन् ।
———-
आऊ साथी, हामी फेरि गुच्चा खेलौँ !
—————
समवेदना,
बेफ्वाँक्मा फालिएका १४ हजार ज्यान र तिनका तुहिएका सपनाहरूप्रति
अनि
मेरो क्रान्तिको मतिभ्रमप्रति पनि !
—-
समवेदना, समवेदना, समवेदना ।
०-०
Read Also:
युग जी ता: Craggy Comfort
दिति: Hidden Treasure
अर्चल१: छट्पटीको संसार
likes a lot, very krantikari in ur own way, though its disillusioned with so called krantikaris
Ya, I hope the Bekhaman and company won’t attack me for this.
Thanks for liking.
NICE!!! Expresses the feeling of people, loved it!Keep it up
Thanks for your encouraging words. I tried to be the very people while writing this poem.
“आऊ साथी, हामी फेरि गुच्चा खेलौँ !” Nice creation
धन्यवाद ।
सटिक ! कुरूप यथार्थको मन छुने वर्णन!
देखेको भोगेको कुरा लेख्नुको मज्जा नै अर्को ।
जुजुमान: कमरेड, क्रान्ति आउँछ र?
लम्बोदर: हो कमरेड, त्यो पक्कै आउँछ! त्यसको मुख लासको रगतले लत्पतिएको हुने छ। त्यस्को देब्रे हातमा बलिदान र दाहिने हातमा भ्रष्टाचार हुनेछ । तिमीलाई एक हतियार बनाउने छ। अनी धर्मविरुद्ध लडाउने छ । त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ । तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँनेछ । ………
गज्जब । गोपालप्रसाद रिमालको याद आयो ।
good kavita…
thanks, tons.
बल्ल पढें केशव दाइ
सानोमा रुसी प्रकाशनका किताबहरु पढेको याद आयो।
अँ , उनीहरूले सित्तैमा बाँड्के ती किताबहरू । मसँग किम इल् सुङ्को किताबपनि छ। माथि उल्लेख गरेर फेरि हटाएको ।
मज्जाको कविता बेखामानभित्र पसेर हर्ेन मन भो ।
प्रतिक्रियाका लागि धन्यवाद ।
पस्दा हुन्छ तर पछि पस्किनचाहिँ नबिर्सनू नि ।
सहरमा थु्प्रै बेखामानहरू छन् । बेखामानहरू गज्जबका चरित्त हुन् ।
this is really heart touching……..tito yethartha…..jasari words haru khelaunu bhako cha ekdum man parryo dai……hajur ko aaru ni poem padhne aas gardachu
Thanks, Kritan. I also hope to write regularly now.
क्रान्तिको भ्रमनै भएको रहेछ, व्यर्थै भयो त्यो “क्रान्ति”, व्यर्थै भयो त्यो जनयुद्ध।
Not only politics, even revolution ends in frustration bhanne padheko thiyen, ho rahechh. Saru
Excellent poem. That’s how Nepal’s revolution has been disillusioned and is directionless now. I very much appreciate and will love reading such poems again and again.
Thanks for your appreciation and encouraging words. The lesser said about the revolution the better.
१४ हजार टाउकाको बलिदान
१४ टाउकेका मुखका लागि सीमित हुन्छ भन्ने के थाहा ?
Very good!
विडम्बना ।
Dherai ramro lagyo dai….keep it up……Bekhaman ko character chahin sahi cha…..its so real…..i know many bekhaman……:)
thanks.
ya, i too have seen many bekhamans. they are ubiquitous.
१४ हजार टाउकाको बलिदान
१४ टाउकेका मुखका लागि सीमित हुन्छ भन्ने के थाहा ?
heart touching…….
Pingback: छट्पटीको संसार « Simpani
Sometimes slap are unheard and claps ring from unmet hands!!!!
wonderfully realistic!!!
my fupu is so poetic.
thanks for the comment.
अत्यन्त सुन्दर र समसामयिक!
बेखामान क्रान्तिकारी भयो, सजिलै थियो र त भयो
बिडम्बना हजारौको रगतमा डुबेर, क्रान्तिकारी बेखामान भयो
मेरो पनि समवेदना!!
कवि बेनामी कविता दामी!