वसन्तको आवेग थेग्न नसकेर शायद
आकाशपनि ओइलाइदियो त्यो दिन ।
तुँवालोको च्यादरमा बेरिएर
छिनछिनमा
घामसँग लुकामारी खेल्दो
ओसिलो हावाले आघात त्यो दिन
साँझपख
जब झरी पर्यो
मान्छेको भीडमा हराएको म
आफैँसँग चित्त दुखाउँदै
शायद
अन्तस्करणमा रहेको अपराधबोध पखाल्न
रुझ्दै थिएँ ।
त्यो त्यही ठाउँ थियो
जहाँ हाम्रो अन्तिम भेट भएको थियो ।
ओत लाग्न उभिँदा
भीडले ठेलेर
आधा जीउ पानीको तप्कोले भिज्दा पनि
मैले कुनै गुनासो गरिनँ ।
बाटोमा जमेको दहअगाडि उभिएर
सम्झनाको डुंगा खियाउँदै
जब म तिम्रा न्याना हातहरू सुम्सुम्याउँदै थिएँ
तातो उच्छ्वास अनुभव हुनेगरी
छेउमा उभिएकी केटीले
छाता ओढ्ने निम्तो दिई,
जब म तिम्रा आँखाका नानीमा आफ्नो तस्बिर देख्दै थिएँ
ऊ टाँसिएरै मलाई भिज्नबाट जोगाउँदै थिई ।
झरी परिरह्यो, थामिएन
ऊ बोल्न खोजिरही
तर मैले ध्यान दिनैसकिनँ,
छाताको ओत हट्दा पनि
म सम्झनाका तरेलीहरूमा
तिमीसँगै अल्मलिँदै थिएँ ।
शरदको त्यो कुनै दिन
तिम्रो उत्साहलाई
जब मैले हठात् तुहाइदिएको थिएँ
सम्बन्धको परिभाषा अपूरो जानेर
हामी बीचको दूरी ह्वात्तै बढेको थियो ।
अनि
झरी परेको त्यो दिन
ट्राफिक जाममा अल्झिएका बेला
नाच्दै हिँडेका जन्तीको भीडमा
सिँगारिएको गाडीभित्र
बेहुलीको पहिरनमा तिमीलाई देख्दा
किन किन मन खिन्न भयो ।
मनमनै तिम्रो नयाँ जीवनका लागि शुभकामना दिँदै
आफ्नो बाटो अगाडि बढ्दा
मलाई झरीमा रूझ्न मन लाग्यो
र
मैले अठोट गरेँ :
तिम्रो नाममा कहिल्यै कविता नलेखे पनि
तिम्रो सम्झनामा म एक्लै गीत गाइरहनेछु
अनि
जुरेछ भने कसैको नाम जुराउन कुनै दिन
म तिम्रो नाम सुटुक्क सापट लिइदिनेछु ।
अरूका झरी कविता
ऋचा: नबोलाऊ त्यो छाताको ओतमुनि
दिति: हिँड जाऊँ

सुन्दर! मन छोयो।
धन्यवाद ।
poetry touched me, I hope it’s imagination and not related to you in any way.
thanks for the comment, ankur.
How sweet poem. I have maltitalent Bhai.
thanks, didi.
i like this poem a lot. the way i see it, there r so many themes here that it cud b broken down into several separate poems
the last stanza, particularly, is a poem by itself. panima bhijda kasaile chhata odhayeko tara tim chai arulai nai samjheko is another poem, and finally, samjhanako details and regrets is another poem
Thanks for your comment, Sewa. Ya, this is a story.
Dai!!!! mann khinna bhayepachi kasle naya jeevan ko shuvakamana dincha ra….afno ex ko bihe bhayeko dekhda ta last namajja hundo ho…..:)
hahaha ho ra? but this “म” character in the poem is so liberal.
Great… keep on writing….
Thanks for your encouraging words. I had stopped writing for years. Just trying to make a comeback.
मन पर्यो मलाई!!!!:-)
मन पराइदिनु भएकोमा धन्यवाद ।
It’s soooooooooo nice jati sune pani napugne lagcha aghai padu ani ma pani kehi lekhau
thanks. u can hear it anytime.
Pingback: त्यो झरी परेको साँझ (when it rained that evening) | My world, my perspective
भावपूर्ण अभिव्यक्ति छ । पृष्ठभूमिको संगीतपनि जचेको छ ।
धन्यवाद ।
तर मलाई संगीत अलि चर्को भयो कि जस्तो लाग्छ ।
अत्यन्त सुन्दर रचना ! आवाजले झन उचाइ र ओज थपेको छ कबितामा ।
मनपराइदिनु भएको मा धन्यवाद ।
असाध्दै राम्रो लाग्यो । एकछिन त म पनि भावनामा बहेर िभजेको झां भान भ़ो । keep it up.
धन्यवाद ।
nice