Reblogged from My world, my perspective:
अस्ति चैत २४ गते कमिलाहरू फिट्टु भएर नयाँबजारमा बसेका रहेछन् । त्यही बेला कमरेड प्रचण्ड खुलामंचबाट भाषण ठोकेर घर फर्किँदै रहेछन् ।
प्रचण्डको गाडी देख्नासाथ एउटा दादा कमिलालाई सनक चढेछ । “म त्यो हात्तीजस्तो मान्छेलाई गोदिदिन्छु,” उसले आफ्नो इच्छा सबैलाई सुनाएछ ।
मातेको कमिला
कमिलाको गोलोमा एउटा कमिला बुझ्झकी रहेछ । उसले प्रचण्डलाई चिनेको रहेछ । सबैलाई सम्झाउँदै उसले भनेछ, “बाबु हो , ती माओवादीका सबभन्दा ठूला नेता हुन् । अहिले एकचोटिलाई छोडिदेऊ । अस्ति गिर्जाबाबुले देशको जिम्मेवारी तिम्रो काँधमा भनेको मान्छे पनि यिनै हुन् । एक चान्स् देऊ ।”


